ताजा अपडेटः

सवारी दुर्घटनामा परि दुईको अवस्था गम्भीर

सवारी दुर्घटनामा परि दुईको अवस्था गम्भीर प्रकाशित मिति: ७ बैशाख २०८०, बिहीबार २२:४१

कल्पना खरेल, सुनवल । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ५ बण्डाखाेलामा भएकाे सवारी दुर्घटनामा तीन व्यक्ति  घाइते ‍भएका छन् ।

बेलुकी ७:३० बजे साे ठाउँ स्थित दक्षिणबाट उत्तरतर्फ आउदै गरेको  लु ८२ प ६७९६ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिदा साे माेटरसाइकल सवार तिनै जना व्यक्ति घाइते भएका हुन् ।

घाईते हुनेहरूमा  मोटरसाइकल चालक  सरावल गा.पा. १ बासाबसही बस्ने बर्ष अं. ३१ को लोकेन्द्र चौधरीको कम्मरमा भित्री शरिरमा चोट ,अवस्था मध्यम ,पछाडी सवार साेहि ठाउँ निवासी  ३८ वर्षिय  विर बहादुर कामीको दाहिने कुममा चोट, अवस्था मध्यम र  सोही मोटरसाइकलमा पछाडी सवार बर्ष  ३५ को बुद्धि राम चौधरीको नाकमा चोट, अवस्था गम्भीर रहेकाे छ ।

घाईतेहरूकाे उपचारको लागी सामुदायिक अस्पताल चिसापानी बर्दघाट पठाईएकाेमा  ७: ५५ मा  बुद्धि राम चौधरी र लोकेन्द्र चौधरीलाई  सामान्य उपचार पश्चात भैरहवा मेडिकलको लागी रिफर  गरिएकाे प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।

खवर प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक लक्ष्मण रासकोटीको कमाण्डमा ५ जना टोली घटनास्थल पुगेकाे थियाे ।
यतिबेला मोटरसाइकल प्रहरी नियन्त्रणमा रहकाे र घाइते  तिनै जनाले मा.प.से. गरेकाे समेत डिएसपी पाण्डेले बताउनुभएकाे छ ।



Ads