ताजा अपडेटः

डाेटीको कृर्षि मेला प्रदर्शनी २८ जना कृषक पुरस्कृत

डाेटीको कृर्षि मेला प्रदर्शनी २८ जना कृषक पुरस्कृत प्रकाशित मिति: ४ बैशाख २०८०, सोमबार ०६:५५

दिल ब. थापा, डोटी | डोटीको केआई सिंह गाउँपालिकामा आयोजना गरिएको कृर्षि प्रदर्शनी मेलामा २८ जना कृषकहरुलाई पुरस्कृत गरिएको छ ।

केआई सिंह गाउँपालिका कृर्षि बिकास शाखाले बिहीबार देखि शनिबार सम्म वडा नम्बर ४ वायलमा आयोजना गरेको कृर्षि प्रदर्शनी मेलामा कृषकहरु पुरस्कृत भएका हुन् ।

कृषकहरुलाई आफुले उत्पादन गरेको बस्तुहरुको बारेमा सबैलाई जानकारी गराई कृर्षि प्रबिधीको बारेमा अनुभव आदान प्रदान गर्न सहजता हुनुका साथै कृषकहरुलाई कृर्षि उत्पादनमा उत्प्रेरणा जगाउन सहयोग पुगोस भन्ने उदेश्य सहित कृर्षि प्रदर्शनी मेलाको आयोजना गरीएकाे केआई सिंह गाउँपालिका कृषि बिकास शाखा प्रमुख योगेश रावलले बताउनु भयो ।

७ वटा विभिन्न बाली समुहका प्रथम, द्धितृय, तृतिय र सान्तोना गरि २८ जना कृषकहरूलाई पुरस्कृत गरिएको थियो । पुरस्कृत हुने कृषकहरुलाई बालि समुहगत रुपमा प्रथम लाई १ हजार ५ सय, द्धितियलाई १ हजार २ सय, तृतियलाई १ हजार र सान्तोना हुनेलाई ५ सय नगद पुरस्कार दिईएको शाखा प्रमुख रावलले जानकारी दिनुभयाे ।

कृर्षि प्रदर्शनी मेलामा तरकारी बालि, दालबालि, अन्नबालि, फलफुल बाली, तेहलन बाली, मसला बाली र अन्य बालीहरु गरी ७७ जना कृषकहरूले आफुले उत्पादन गरेका कृषि उपजहरू प्रदर्शनी स्थलमा ल्याएका थिए ।

तिन दिन सम्म संचालन भएको कृर्षि मेला प्रदर्शनीमा स्थानीय कृषकहरुको सहभागिता रहेको थियो।



Ads