ताजा अपडेटः

भरखर सवारी दुर्घटनामा परि एककाे मृत्यु

भरखर सवारी दुर्घटनामा परि एककाे मृत्यु प्रकाशित मिति: ३ बैशाख २०८०, आईतवार १९:२८

कल्पना खरेल , सुनवल । पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका वडा नम्बर १७ पठ्खाैलीमा भरखर मात्र भएकाे सवारी दुर्घटनामा एक व्यक्तिको मृत्युु भएकाे छ ।

भरखर साझँ अन्दाजी ५:१५ बजे साे ठाउँ स्थित भित्री सडक खण्डमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको प्रदेश २-०३-००१ क ११३२ नं. को खाली टिप्परले साईकललाई ठक्कर दिदा साईकल यात्री जिल्ला नवलपरासी रामग्राम नगरपालिका वडा नम्बर १२ कुनवार बस्ने अन्दाजी ६० वर्षका गनेश प्रसाद हरिजनकाे मृत्यु भएकाे हाे ।


गम्भीर घाईते भएका हरिजनकाे उपचारको लागी जिल्ला अस्पताल परासी ल्याएकोमा साझँ ५:५५ बजे डाक्टरले मृत्यु घोषणा गरेकाे हाे ।
सूचना प्राप्त हुनासाथ प्रहरी नायव निरीक्षक गोकर्ण चौहानको कमाण्डमा ३ जना, प्रहरी चौकीबासाबाट प्रहरी नायव निरीक्षक यादव न्यौपानेको कमाण्डमा ३ जना र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्रहरी निरीक्षक हरि भट्टराईको कमाण्डमा ट्राफिक सहित १७ जना टोली घटना स्थल पुगेकाे थियाे ।

अहिले टिप्पर र टिप्पर चालक फरार रहेकाे र प्रतापपुर ९ बस्ने वर्ष ३१ को मनोज कुमार थारुलाई प्रहरीले नियन्त्रणमा लिएकाे प्रहरी नायव उपरिक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।

सोहि घटनालाई लिएर अन्दाजी ७०/८० जनाको संख्यामा स्थानियबासी भेला भई गाडीमा ढुङ्गा प्रहार गरी सामान्य क्षेती भएको छ ।

भने अहिले स्थानियहरुलाई सम्झाई- बुझाई गरी अवस्था सामान्य रहेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको समेत डिएसपी पाण्डेले बताउनुभयाे ।



Ads