ताजा अपडेटः

अचानक परालकाे टाैवामा आगलागी

अचानक परालकाे टाैवामा आगलागी प्रकाशित मिति: ३ बैशाख २०८०, आईतवार १८:५५

कल्पना खरेल, सुनवल । पश्चिम नवलपरासीकाे सुनवल नगरपालिका वडा नम्बर ७ बेतलाैरी स्थित परालको टाैवामा आगलागी हुदा ६० हजार मूल्य बराबरको क्षेती भएकाे छ ।

बिहान अन्दाजी ९:३० बजे साे ठाउँ स्थित बस्ने रुद्रलाल सुवेदीको घर नजिकै रहेको परालको टौवामा अचानक आगलागी हुदा उक्त मुल्य बराबरको क्षेती भएको हाे ।

आगलागीकाे खबर प्राप्त हुन साथ बेतलाैरी चौकीबाट प्रहरी नायव निरीक्षक रुम बहादुर के.सी. को कमाण्डमा ३ जनाको टोली घटनास्थल पुगेकाे थियाे ।

स्थानीयबासी, दमकल र प्रहरीको सहयोगमा विहान १०:३० बजे आगलागी पुर्ण रुपमा नियन्त्रणमा आएको र मानवीय तथा पशु चौपाया क्षेती नभएको प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।

नजिकै खेतको झारपातमा लगाएको आगोबाट सल्केको आगो फैलिन गई उक्त घटना भएको खुल्न आएको छ ।



Ads