ताजा अपडेटः

२ लाख भन्दा बढिकाे बोईलर कुखुरा नियन्त्रणमा

२ लाख भन्दा बढिकाे बोईलर कुखुरा नियन्त्रणमा प्रकाशित मिति: २ बैशाख २०८०, शनिबार १०:३६

कल्पना खरेल, सुनवल । आज पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ४ टि.सि.एन चाेकबाट पिकअप सहित करिब २ लाख भन्दा बढि मुल्य बराबरको बाेईलर कुखुरा नियन्त्रणमा लिईएकाे छ ।

बिहान अन्दाजी ७:१० बजे उक्त चोक स्थित पुर्व-पश्चिम राजमार्गमा ईलाका प्रहरी कार्यालय बर्दघाट बाट प्रहरी निरिक्षक विरेन्द्र के.सी. को कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाच गर्ने क्रममा दक्षिणबाट पुर्वतर्फ आउदै गरेको ना ४ च ५१०५ नं. को पिकअप सहित अबैध जिउदो बोईलर कुखुरा नियन्त्रणमा लिएकाे हाे ।

नियन्त्रणमा लिईएकाे पिकअपमा अन्दाजी कुखुरा ६०० वटा जिउदाे बाेइलर कुखुरा,११०० के.जी, जसकाे अन्दाजी मुल्य रु. २ लाख ४२ हजार बराबरको रहेकाे प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।

यतिबेला पिकअप र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागी पशु क्वरेन्टाईन महेशपुरको लागी पठाईएको समेत डिएसपी पाण्डेले बताउनुभयाे ।