ताजा अपडेटः

भरखरै भएकाे सवारी दुर्घटना एक व्यक्तिको मृत्युु

भरखरै भएकाे सवारी दुर्घटना एक व्यक्तिको मृत्युु प्रकाशित मिति: ३० चैत्र २०७९, बिहीबार ११:५२

कल्पना खरेल,सुनवल । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर १ तिलकपुरमा आज भरखर मात्र भएकाे सजारी दुर्घटनामा परि एक व्यक्तिको मृत्यु भएकाे छ।

करिब १०:२५ बजे साेहि स्थानमा रहेकाे पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ आउदै गरेको लु १ ख ४१२५ नं. को टिप्पर दक्षिण तर्फ मोडने क्रममा सोही दिशा तर्फबाट आउदै गरेको लु ७७ प ७८९३ नं. मोटर साईकललाई ठक्कर दिदा मोटर साईकल चालक सुनवल नगरपालिका वडा नम्बर १३ बडेराका अन्दाजी बर्ष ३२ को चिरन्जीवी काफ्लेकाे मृत्यु भएकाे हाे ।

ठक्कर बाट टाउको र शरिरमा गम्भीर चाेट लागेकाे उनकाे उपचारको लागी जिल्ला अस्पताल परासी ल्याईएकाेमा अस्पतालले भरखर ११:१० बजे मृत घाेषणा गरेकाे हाे ।

घटना स्थानमा प्रहरी नायव निरिक्षक यादव न्यौपानेको कमाण्डमा ३ जनाको टोली खटिई मोटर साइकल, टिप्पर र टिप्पर चालक प्रतापपुर गाउँपालिका ७ बस्ने अन्दाजी ३४ वर्षको माधब चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएकाे प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनु भएकाे छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी निरीक्षक र ट्राफिक समेतको प्रहरी टोली पनि खटिई अन्य अनुसन्धान समेत भईरहेकाे डिएसपी पाण्डेले जानकारी दिनुभयाे ।



Ads