ताजा अपडेटः

भरखर बालिकाको सवारी दुर्घटना मृत्यु ।

भरखर बालिकाको सवारी दुर्घटना मृत्यु । प्रकाशित मिति: २९ चैत्र २०७९, बुधबार १८:३०

कल्पना खरेल,सुनवल । पश्चिम नवलपरासीका् रामग्राम नगरपालिका वडा नम्बर १०, लक्ष्मीपुर स्थित भित्री सडकखण्डमा भरखर मात्र भएकाे सवारी दुर्घटनामा परि एक बालिकाकाे मृत्यु भएकाे छ ।

साझँ अन्दाजी ५ बजे साे भित्री सडक खण्डमा UP 56 AU 3689 नं. को माेटर साइकलले बाटोमा हिडिरहेको पैदल यात्री साेहि ठाउँ निवासी राजेश चौधरीको छोरी बर्ष अन्दाजी ९ कि पिंकी चौधरीलाई ठक्कर दिएको थियाे ।

ठक्कर दिदा साे बालिकाको हात खुट्टा, टाउको र अनुहारमा गम्भीर चाेट लागेकाे हुदा तत्कालै उपचारको लागी जिल्ला अस्पताल परासी ल्याएकोमा ५ :२० बजे डाक्टरले मृत्यु घोषणा गरेको हाे ।

यतिबेला प्रहरी निरिक्षक धर्मराज खत्रीको कमाण्डमा SOCO सहित ७ जनाको टोली घटना स्थलमा पुगी घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।

मोटर साइकल र मोटर साइकल चालक पाल्हिनन्दन गाउँपालिका वाड नम्बर ६ बस्ने वर्ष २६ को उमेश कुमार साहनी यतिबेला प्रहरी नियन्त्रणमा रहेका छन् ।
बालिकाकाे शव जिल्ला अस्पताल परासी रहेको समेत डिएसपी पाण्डेले बताउनुभयाे ।



Ads