ताजा अपडेटः

पश्चिम नवलपरासीमा आज एक ट्रकमा अचानक आगलागी

पश्चिम नवलपरासीमा आज एक ट्रकमा अचानक आगलागी प्रकाशित मिति: २७ चैत्र २०७९, सोमबार १५:१२

कल्पना खरेल , सुनवल । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ५ बड्की, दुबाैलिगामा आज एक ट्रकका अचानक आगलागी हुदा २ लाख बराबरकाे क्षति भएकाे छ ।

अन्दाजी दिउँसो १२:४५ बजे साे स्थानमा रहेकाे लु १ ख ४९१५ नंम्बरको पराल लोड गरेको ट्रकमा अचानक आगालगी हुदा अन्दाजी ५० हजार बराबरकाे पराल र ट्रक सहित गरि साेहि मूल्य बराबरकाे धनमाल जलि पूर्ण रूपमा नष्ट भएकाे हाे ।

आगलागीकाे खबर प्रहरी चौकी गाेब्रैयामा प्राप्त हुनासाथ प्रहरी नायव निरीक्षक गोकर्ण चौहानको कमाण्डमा ५ जनाको टोली उक्त स्थान पुगेकाे थियाे ।

स्थानियबासी, दमकल र प्रहरीको सहयोगमा १: २५ बजे आगो नियन्त्रणमा आएको थियाे भने मानविय र चौपाय क्षेती नभएकाे प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।

आगलागी हुनुको स्पष्ट कारण भने अहिले सम्म नखुलेको र साे विषयमा थप अनुसन्धान भैरहेका समेत डिएसपी पाण्डेले जानकारी गराउनुभएकाे छ ।



Ads