ताजा अपडेटः

सहकारीले उचित प्रतिफल दिनेगरि योजना कार्यन्वयन गर्ने नगरप्रमुख विमला अर्यालको प्रतिबद्धता

सहकारीले उचित प्रतिफल दिनेगरि योजना कार्यन्वयन गर्ने नगरप्रमुख विमला अर्यालको प्रतिबद्धता प्रकाशित मिति: २० चैत्र २०७९, सोमबार २१:१८

कल्पना खरेल, सुनवल । ६६ ओै राष्ट्रिय सहकारी दिवसको अवसरमा सुनवल नगरपालिकले अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेकाे छ ।

नगर भित्रका ५१ वटा सहकारिका पदाधिकारी र प्रतिनिधिहरुको उपस्थितिमा नगर सरकार र सहकारी संस्थाहरु विच सहकारीकाे समग्र पक्षहरुमा केन्द्रित रहि अन्तक्रिया कार्यक्रम सम्पन्न गरेकाे हाे ।


नगर प्रमुख विमला अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनि र आर्थिक विकास शाखा प्रमुख खेमराज ढकालले सहजिकरण गर्नुभएको थियो ।

सहजिकरण पश्चात अन्तर्क्रिया कार्यक्रममा सहभागिहरुले सहकारिले भोग्नु परेका समस्या , सम्भावना र चुनौतीका समग्र पक्षहरुमा आ- आफ्ना धारणा राखेका थिए ।

नगरमा सहकारीको संख्या घटाउनु पर्ने, अनुगमन वढाउनु पर्ने, नगर सरकारसंगको सहकार्यमा शेयर सदस्यमैत्री कार्यक्रम संचालन गर्नुपर्ने, विपन्न र लक्षित समुदायले संचालन गरेका सहकारी लाई विशेष सहयोग गर्नुपर्ने , नाफा र नोक्सान भन्दापनि सेवा प्रवाहमा जोड दिनु पर्ने , किसानहरुका समस्या समाधानमा सहकारीलाई सम्लग्न गराउनु पर्ने, सहकारिको जोखिम नियन्त्रण , संस्थागत विकास र शुशासन कायम गर्न विषेश ध्यान दिनुपर्ने कुरा उठान गरेकाे थिए ।


सहभागिहरुले उठाएका महत्वपुर्ण सवालहरुलाई सम्बाेधन गर्दै नगर प्रमुख विमला अर्यलले उचित प्रतिफल दिनेगरि योजना कार्यन्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।



Ads