ताजा अपडेटः

४ लाख भन्दा बढि मुल्य बराबरकाे पशुचाैपाया नियन्त्रणमा

४ लाख भन्दा बढि मुल्य बराबरकाे पशुचाैपाया नियन्त्रणमा प्रकाशित मिति: १९ चैत्र २०७९, आईतवार १२:०८

कल्पना खरेल , सुनवल । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ५ तरेनिबाट प्रहरीले ६ वटा भैंसी र ४ वटा पाडा नियन्त्रणमा लिएकाे छ ।

आज बिहान अन्दाजी ७:३० बजे भारतबाट अवैध रूपमा भन्सार छली चाेरी गरि नेपाल तर्फ ल्याउँदै गरेकाे अबस्थामा सुस्ता, तरेनी स्थित प्रहरी चौकि रामनगर बाट प्रसनि बिन्दस लामिछानेको कमाण्डमा खटि गएको प्रहरी टाेलिले साे पशु चाैपाया नियन्त्रणमा लिएकाे हाे ।

नियन्त्रणमा लिएकाे ६ वटा भैंसी र ४ वटा पाडा गरी जम्मा १० वटा पशु चाैपायाकाे अन्दाजी मुल्य रु. ४ लाख ८० हजार बराबर रहेकाे सूचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक भाेजराज पाण्डेले बताउनुभएकाे छ ।

नियन्त्रणमा लिएकाे उक्त पशु चाैपायालाई आवश्यक कार्बाहीको लागि ११: १५ बजे भन्सार कार्यालय महेशपुरमा पठाईएकाे छ ।

साथै अवैध भैंसी चोरी निकासी गरी ल्याउने कार्यमा संलग्न मानिसहरूको खोजतलाश तथा अन्य अनुसन्धान कार्य भईरहेकोसमेत डिएसपी पाण्डेले बताउनुभयाे ।



Ads