ताजा अपडेटः

सूर्याेदय वाेमि लघुवित्तिय वित्तीय संस्थाद्वारा आज कुशन बनाउने तालिम तथा डस्टविन वितरण

सूर्याेदय वाेमि लघुवित्तिय वित्तीय संस्थाद्वारा आज कुशन बनाउने तालिम तथा डस्टविन वितरण प्रकाशित मिति: १८ चैत्र २०७९, शनिबार २२:४०

कल्पना खरेल, सुनवल । सूर्याेदय वाेमि लघुवित्तिय वित्तीय संस्था लि.द्वारा आज कुशन बनाउने तालिम तथा डस्टविन वितरण कार्यक्रमकाे आयाेजना गरेकाे छ ।

जागृति महिला समुहकाे अध्यक्ष दिलमाया सुनारी मगरकाे अध्यक्षता तथा सुनवल नगरपालिकाकाे नगरप्रमुख विमला अर्यालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रमकाे आयाेजना गरीएकाे हाे ।


कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि तथा नगरप्रमुख विमला अर्यालले लघुवित्तिय संस्थाले कतिपय अप्ठ्यारा स्थिति लाई फुकाउने काम गरेकाे बताउदै  आत्मनिर्भरताकाे निम्ति गरेकाे यस्ताे किसिमकाे तालिम सराहनीय भएकाे टिप्पणी गर्नुभयाे ।


सूर्याेदय वाेमि लघुवित्तिय वित्तीय संस्थाका कर्मचारी प्रविन कुमारकाे स्वागत मन्तब्य रहेकाे कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष वालकृष्ण पङ्गेनि,ईलाका प्रहरी कार्यालयका सहायक प्रहरी निरिक्षक बैजनाथ गुप्ता,उक्त वित्तीय संस्थाका क्षेत्रीय प्रवन्धक भरत काफ्ले लगाएत संस्थामा आवद्व सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे ।


तालिकाे प्रशिक्षण संस्थाका प्रशिक्षक सुभद श्रेष्ठले दिनुभएकाे थियाे ।



Ads