ताजा अपडेटः

मनिप्लान्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बिशेष साधरण सभा सम्पन्न

मनिप्लान्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बिशेष साधरण सभा सम्पन्न प्रकाशित मिति: १८ चैत्र २०७९, शनिबार २१:२१

सुनवल । मनिप्लान्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बिशेष साधरण सभा सुनवल नगरपालिका वडा नम्बर १ सोमनाथ रिसोर्टमा सम्पन्न भएको छ ।

सस्थांका अध्यक्ष पदम बहादुर क्षेत्रीको अध्यक्षतामा ,सुनवल वदा नम्बर ४ का वडा अध्यक्ष बालकृष्ण पङ्गिनीको प्रमुख आतिथ्यता एबम सुनवल नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरको बिशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा नागमणी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ऋषिराम भुसाल, संस्थाका संस्थापक सचिब चित्र बहादुर तमु, जिल्ला खेलकुद बिकासका सह कोषाध्यक्ष लोक बहादुर थापा, सदस्य कुल प्रसाद भट्टराई, सल्लाहकार लगएतको उपस्थिति रहेकाे थियाे ।


उक्त कार्यक्रममा संस्थाको प्रगति प्रतिबेदन संस्थाका अध्यक्ष पदम बहादुर छेत्रीले प्रस्तुत गर्नु भएको थियो भने संस्थाको आर्थिक प्रतिबेदन तथा संस्थाको कार्यबिधि प्रतिबेदन संस्थाका उपाध्यक्ष बल बहादुर थापाले प्रस्तुत गर्नु भएको थियो ।


संस्थाको कुल पूजी जम्मा रु ३ करोड ४१ लाख ८७ हजार, संस्थाको कुल शेयर रकम रु ५३ लाख ९० हजार र सस्थांमा जम्मा शेयर सद्स्य ५ सय ५३ रहेका छन् ।

बिशेष साधरण सभाबाट मनिप्लान्ट सहकारी संस्था र नागमणी सहकारी सस्था मर्ज भै दुबै संस्था एकिकरण भै मनिप्लान्ट सहकारी संस्था भएको सुनवल १ का वडा अध्यक्ष मन बहादुर थापा मगरले जानकारी दिनुभएकाे छ ।

संस्थाका उपाध्यक्ष बल बहादुर थापाकाे स्वागत रहेकाे कार्यक्रमकाे संचालन सचिव किशोर कुमार कर्मचार्यले गर्नु भएको थियो ।



Ads