ताजा अपडेटः

व्यवहार प्रवद्वन गर्ने उदेश्य सहित सुनवलमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

व्यवहार प्रवद्वन गर्ने उदेश्य सहित सुनवलमा अभिमुखिकरण कार्यक्रम सम्पन्न प्रकाशित मिति: १४ चैत्र २०७९, मंगलवार २२:२२

सुनवल । सुनवल नगरपालिकाको आर्थिक बर्ष २०७९/०८० कार्यक्रम अन्तर्गत  हजार दिनको आमाहरुलाई बहुछेत्रीय  पोषण योजनामा खानेपानी तथा सरसफाइ क्षेत्र तर्फको आमासमुहमा साबुन पानीले हात धुने बानी व्यवहार प्रबर्द्धन गर्न अभिमुखिकरण कार्यक्रम सोमनाथमा अवस्थित बालमैत्री सिकाइ केन्द्रको सभाहलमा सम्पन्न भएको छ ।

सुनवल नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पविन गुरुङको अध्यक्षता तथा नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न अभुमुखिकरण कार्यक्रममालाई सम्बोधन गर्दै नगर प्रमुख बिमला अर्यालले हजार दिन सम्मको आमाहरुको बारेमा बोल्दै सबै आमाहरुले आ आफ्नो बच्चाको स्वास्थ्य प्रति ध्यान राख्नुपर्नेमा जोड दिनु भएको थियाे ।


उक्त कार्यक्रममा  उप प्रमुख सुर्य प्रसाद दुबे, प्रमुख प्रसाकिय  अधिकृत भक्तिराम मरासिनी, वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगर, कार्यपालिका सदस्य सीता भण्डारी, वडा सदस्य भुमिकला शर्मा, सदस्य सिता पौडेल लगएतको मन्तव्य  राख्नुभएकाे थियाे ।


वडा नम्बर १ ,  ३, ४ , ६ र १० गरी ५ वटा वडा समुहको सहभागिता रहेको कार्यक्रमकाे  सहजीकरण सुनवल नगर प्रस्तुति केन्द्र शाखा प्रमुख यमकला न्याैपानेले गर्नु भएको वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापाले जानकारी दिनुभएको छ ।

कार्यक्रमकाे स्वागत प्रस्तुति गृह शाखा प्रमुख यमकला न्याैपाने र  संचालन सुनवल नगरपालिकाको बहुछेत्रीय पोषण सहजकर्ता पुरण चौधरीले गर्नु भएको थियो ।



Ads