ताजा अपडेटः

पाचँ दिने उद्घाेषक तालिम शुरू

कल्पना खरेल
पाचँ दिने उद्घाेषक तालिम शुरू प्रकाशित मिति: ७ चैत्र २०७९, मंगलवार १९:३७

कल्पना खरेल,सुनवल । सुनवल नगरपालिका वडा नम्बर १ प्रगतिटोलमा महिला उधम केन्द्र तथा व्यवस्थापन समितिको आयोजनामा वडाभित्र रहेका महिलाहरुलाई लक्षित गरी ५ दिने उद्घाेषक तालिम शुरु भएको छ ।


महिला उधम केन्द्रकी अध्यक्ष सिता भट्टराईको अध्यक्षतामा तथा सुनवल नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा सुरू भएकाे उद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्दै थापाले बिगतका बर्षहरुमा महिलाहरुले विभिन्न किसिमको सिप मुलक तालिम गरेता पनि खासै उपलब्धि हासिल गर्न नसकेको गुनासाे व्यक्त गर्नुभयाे ।

थापाले यो बर्षको कार्यक्रममा महिला शसक्तिकरण शीर्षक रहेकोले ५ दिने उद्घाेषक तालिम पक्कै पनि उपलव्धि मुलक हुनुपर्नेमा जोड दिदै सिकेको ज्ञानलाई व्यवहारमा उतार्नुपर्ने उल्लेख गर्नुभयाे ।


कार्यक्रममा कार्यपालिका सदस्य सिता भण्डारी, वडा सदस्य प्रशुराम कवर, संस्थापक कार्यपालिका सदस्य शान्ता भण्डारी लगाएतले शुभकामना मन्तब्य व्यक्त गर्नुभयाे ।


कृष्ण ढकालकाे प्रशिक्षण रहेकाे उक्त उद्घाेषक कार्यक्रममा वडा भित्रका ५१ जना प्रशिक्षार्थिहरुको सहभागिता रहेको थियाे ।
कार्यक्रममा समितीका उपाध्यक्ष अस्मिता ढकालकाे स्वागत र सचिव दिपा तिवारीकाे संचालन रहेकाे थियाे ।




Ads