ताजा अपडेटः

राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान प्रकाशित मिति: ७ चैत्र २०७९, मंगलवार ०५:२२

 

सुरेश यादव,परासी । पश्चिम नवलपरासीमा नेपाली राष्ट्रिय क्रिकेट टीमका काप्तान राेहित पाैडेललाई भव्य स्वागत तथा सम्मान गरिएकाे छ ।

पश्चिम नवलपरासीकाे क्रियाशिल संघसंस्थाले नेपाली राष्ट्रिय क्रिकेट टीमका काप्तान राेहित पाैडेललाई स्वागत तथा सम्मान गरेका हुन् ।

रामग्राम जेसिज, नवलपरासी क्रिकेट संघ, सरावल खेलकुद संस्था, राेटरी क्लब अफ नवलपरासी, क्षेत्री समाज नवलपरासी संयुक्त रूपमा नेपाली राष्ट्रिय क्रिकेट टीमका काप्तान राेहित पाैडेललाई भव्य स्वागत तथा सम्मान गरेकाे हाे ।


आफनाे गृह जिल्ला नवलपरासी आएका नेपाली राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई भव्य स्वागत तथा सम्मान गरिएकाे छ ।

भर्खर सम्पन्न विश्व क्रिकेट लिङ टुमा नेपालकाे तर्फबाट उत्कृष्ट प्रर्दशन गरि यूएलाई हराउदै जिम्बावेमा हुने बिश्वकपमा छनाैट बनाउन सफल भएका कप्तान राेहित पाैडेल नवलपरासी जिल्लाकाे मानसम्मान बढाउनु भएकाे भन्दै जिल्लामा भव्य स्वागत सम्मान गरिएकाे जेसिजका अध्यक्ष बेनिमाधव बस्यालले बताउनुभयाे ।


क्रिकेटमा गरेको उपलब्धिले नवलपरासीकाे प्रतिष्ठा बढेकाे र आगामी दिनमा थप प्रगाति हुँदै जाओस् भनी शुभकामना दिनुभयाे ।
कार्यक्रम पत्रकार महासंघका नवलपरासीका अध्यक्ष हरि शर्माले नेपाललाई जिम्बावेमा हुने बिश्वकपमा छनाैट बनाउन सफल भएका कप्तान राेहित पाैडेल नवलपरासी जिल्लाकाे मानसम्मान बढाउनु भएकाे भन्दै आगमी दिनमा पनि खेलमा उत्कृष प्रर्दशन गरि जिल्लाकाे गाैरब बढाउनुहुने बिश्वास व्यक्त गर्नुभएकाे थियाे ।


नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान पाैडेलले याे खेलाडीहरू जित मात्र नभई सम्रग देशकाे जित भएकाे बताउदै मेराे मात्र जित हैन याे सबैकाे जित भएकाे बताउनुभयाे । उहाँकाे गृह जिल्ला बर्दघाट नगरपालिकाकाे पश्चिम नवलपरासीमा पर्दछ ।



Ads