ताजा अपडेटः

लोकतान्त्रिक आदिवासी जनजाति महासंघकाे नगर स्तरीय भेला सम्पन्न

लोकतान्त्रिक आदिवासी जनजाति महासंघकाे नगर स्तरीय भेला सम्पन्न प्रकाशित मिति: ५ चैत्र २०७९, आईतवार ०६:२४

कल्पना खरेल,सुनवल । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल जिल्ला कमिटि नवलपरासीको आयोजनामा सुनवल नगर स्तरीय भेला सम्पन्न भएकाे छ ।

भेलाले बिनोद पुन मगरको अध्यक्षतामा २५ सदस्यीय लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नगर स्तरीय तदर्थ कमिटि गठन गरेकाे छ ।

जसको उपाध्यक्षमा नन्दकिशोर गुरुङ, सचिबमा धन कुमारी राना, कोषाध्यक्षमा अम्बिका देवि थापा, सह-सचिबमा जगतराज राना र सदस्यहरुमा क्रमश कर्ण बहादुर कामु, सदस्य गौरीमाया राना,राजेन्द्र बुढाथोकी मगर, उर्मिला राना, भरत कुमार श्रेष्ठ, बिरलाल राइ,कमला कुमाल, तिल बहादुर आले, स्याम बहादुर गुरुङ, मनमाया शिरीष, कमल बहादुर राना, गौमाया गुरुङ, याम बहादुर राना, मोहोन बुढाथोकी, तारा देवि दराइ, मोहोन बहादुर थापा, धन बहादुर दिसुवा लगाएत चयन हुनु भएको लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल जिल्ला कमितिका उपाध्यक्ष मन बहादुर थापा मगरले जानकारी दिनु भएको छ ।

जिल्ला कमिटि सदस्य बुद्धि प्रसाद थापाको अध्यक्षतामा तथा जिल्ला कमिटिका उपाध्यक्ष मन बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य तिल प्रसाद गुरुङ,जिल्ला सदस्य तेज बहादुर गुरुङ, जगतराज राना, दिल बहादुर थापा, तिलकराम शर्मा, प्रसुराम कवर, बद्रीमान श्रेष्ठ लगाएतले मन्तव्य राख्नु भएकाे थियाे ।



Ads