ताजा अपडेटः

सुनवलका पूर्वमेयर थापाले भ्रष्टाचार अभियाेगबाट पाए सफाई

सुनवलका पूर्वमेयर थापाले भ्रष्टाचार अभियाेगबाट पाए सफाई प्रकाशित मिति: ३ चैत्र २०७९, शुक्रबार २२:१२

 

कल्पना खरेल,सुनवल । सुनवल नगरपालिकाका पूर्व मेयर भिम बहादुर थापा ‘भरत’ विरुद्ध चलाइएको भ्रष्टाचार अभियोगबाट सफाइ पाउनुभएकाे छ ।

आज विशेष अदालतका न्यायाधीश रमेश कुमार पोखरेल, बलभद्र बस्तोला र डा. खुशी प्रसाद थारुको इजलासले थापालाई सफाई दिएकाे हाे ।

अवैध चुनढुंगा उत्खनन गरेको आरोपमा मेयर थापा क्षेत्रीविरुद्ध ३ करोड ८ लाख ६९ हजार रुपैयाँको बिगोसहतिको मुद्दा चलाइएको थियो।

अख्तियारले चुनढुंगाको अवैध उत्खननका सम्बन्धमा मेयर थापासहित १८ जनालाई विपक्षी बनाई १ अर्ब २४ करोड ४५ लाख २६ हजार रुपैयाँ बिगो मागदाबी गरेको थियो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे सहित १८ जना र ९ जना सिमेन्ट उद्योगी विरुद्ध १ अर्ब २४ करोड ४५ लाख भ्रष्टाचार गरेको आरोप लगाउँदै मुद्दा दायर गरेकाे थियाे ।

व्यवसायी तथा पूर्व नगरप्रमुख थापा माथि ९ वटा सिमेन्ट उद्योगहरूले खानी दोहन गरी उत्खनन अनुमतिपत्रमा तोकिएको निर्धारित परिमाण भन्दा बढी चुनढुंगा निकालेको र सो विषयमा विभागले गरेको छानबिन अनुसार क्षतिपूर्ति नतिराएको समेत आरोप लगाएको थियो।



Ads