ताजा अपडेटः

डिप्राेस लघुवित्त वित्तीय संस्थाद्वारा आफ्नाे ग्राहक सदस्यलाई वित्तीय साक्षरता तथा सदस्य उत्प्रेरणा कार्यक्रम संचालन 

डिप्राेस लघुवित्त वित्तीय संस्थाद्वारा आफ्नाे ग्राहक सदस्यलाई वित्तीय साक्षरता तथा सदस्य उत्प्रेरणा कार्यक्रम संचालन  प्रकाशित मिति: ३ चैत्र २०७९, शुक्रबार १९:०७

कल्पना खरेल नवलपरासी   । डिप्राेस लघुवित्त वित्तीय संस्थाले आफ्नाे ग्राहक सदस्य लगाएत स्थानियलाई वित्तीय साक्षरता तथा सदस्य उत्प्रेरणा कार्यक्रम संचालन गरेकाे छ ।


डिप्राेस लघुवित्त वित्तिय संस्था ली.शाखा कार्यालय वालिङले यहि चैत्र २ र ३ गते गरि २ दिने साक्षरता तथा सदस्य उत्प्रेरणा कार्यक्रम संचालन गरेकाे हाे ।


उक्त वित्तीय साक्षरता तथा ग्राहक सदस्य उत्प्रेरणा कार्यक्रममा  चापकाेट नगरपालिका वडा नम्बर ४ काे मलाङ्काेटमा ६० जना  त्यसैगरी वालिङ नगरपालिका वडा नम्बर ७ काे ताप्केमा ४२ जना गरि कुल १ सय २ जना ग्राहक सदस्य लगाएत स्थानीयकाे सहभागीता रहेकाे थियाे ।


शाखाका प्रमुख बासुदेव चाैलागाई प्रमुख प्रशिक्षक रहनुभएकाे साे कार्यक्रममा विक्रम जि.सी. र सुनिता थापाले पनि प्रशिक्षककाे भुमिका निर्भाह गर्नुभएकाे थियाे ।

डिप्राेस लघुवित्त वित्तीय संस्था शाखा कार्यालय वालिङले चैत्र महिना भरिनै ग्राहक सदस्यलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता तथा सदस्य उत्प्रेरणा कार्यक्रम अभियानकै रूपमा संचालन गर्ने जनाएकाे छ ।