कल्पना खरेल, सुनवल । महिला वालवालिका तथा जेष्ठ नागरिक बिरुद्ध हुने अपराध न्यूनीकरण” सम्बन्धी सचेतनामुलक कार्यक्रम आज पश्चिम नवलपरासीको सुनवलमा सम्पन्न भएकाे छ ।
“समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत सुनवल नगरपालिका संगकाे समन्वयमा सुनवल नगरपालिका वडा नं. ८ स्थित महिला उद्यम केन्द्रकाे सभाहलमा उक्त सचेतनामुलक कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा सुनवल नगरपालिकाकाे नगर प्रमुख विमला अर्याल सुनवल न.पा .वडा नम्बर ८ का वडाध्यक्ष देउ बहादुर गुरूङ्ग, नगर कार्यपालिकाका सदस्य, वडा सदस्य लगायत जनप्रतिनिधीहरु, विभिन्न तहमा रहनुभएका स्थानिय वुद्धिजिवी, महिला, वालवालिका तथा जेष्ठ नागरिक लगाया पत्रकार समेतकाे सहभागिता रहेकाे थियाे ।
सहभागीहरुलाई प्रहरी नायव उपरीक्षक भाेजराज पाण्डेयले प्रस्तुतिकरण मार्फत साेही बिषयमा प्रशिक्षण प्रदान गर्नुभएकाे थियाे ।