ताजा अपडेटः

जिल्लाका विभिन्न स्थानबाट ८ लाख भन्दा बढिकाे अबैध मानसामान पक्राउ

जिल्लाका विभिन्न स्थानबाट ८ लाख भन्दा बढिकाे अबैध मानसामान पक्राउ प्रकाशित मिति: १ चैत्र २०७९, बुधबार ११:२४

कल्पना खरेल,सुनवल । पश्चिम नवलपरासीको विभिन्न स्थानहरूबाट अवैध तरीकाले नेपाल ल्याउदै गरेकाे अबस्थामा विभिन्न किसिमका मालसामानहरू बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी तथा मातहतका प्रहरी इकाइबाट समेत खटिएको प्रहरी टोलीले जिल्ला अन्तर्गतको विभिन्न स्थानहरुबाट मालसामानहरू बरामद गरेकाे हाे ।


बरामद गरीएका मालसामानमा रू.१८ हजार मूल्य बराबरको ६ ओेटा बाख्रा,ईलाका प्रहरी कार्यालयले महेशपुर द्वारा प्रक्राउ, १ लाख ८ हजार मूल्य बराबरको १४ पिस सुट र नम्बर प्लेट नहालेकाे १ ओेटा माेटर साईकल,ई.प्र.का.महेशपुर द्वारा पक्राउ , १ लाख ३० हजार २ सय बराबरकाे १८ क्विन्टल गहुँ र १५ बाेरा यूरीया मल ,प्र.चाै.पाचँपेडा द्वारा पक्राउ, ३५ हजार ६ सय बराबरकाे ४ सय केजी गहुँ र कुर्थासुरवाल २० पिस, ई.प्र.का. अमनिगजं द्वारा पक्राउ, १ लाख बराबरको २.५ क्विन्टर बाेइलर कुखुरा,प्र.च. गुठिप्रसाैनी द्वारा पक्राउ, २ लाख ५० हजार बराबरको कुर्था,४८ थान कपडा ४ सय मिटर र माेटरसाईकल सहित,जि.प्र.का.द्वारा पक्राउ गरिएको छ ।

त्यसैगरी ३६ हजार मूल्य बराबरको ३६ जिउ १ सय ८ केजी,प्र.चाै. ताेनवा द्वारा पक्राउ, ३३ हजार मुल्य बराबरकाे ३३ जिउ १ सय केजी,प्र.चाै.सनईद्वारा पक्राउ, १ लाख ४ हजार मुल्य बराबरको २६ पिस माेटरसाईकलकाे टायर,ई.प्र.का.बर्दघाट द्वारा पक्राउ, ६० हजार मुल्य बराबरकाे १ सय जिउ राति २ सय केजी,बाेइलर कुखुरा,प्र.चाै.रामनगर द्वारा प्रक्राउ गरिएकाे छ ।

यसरी जम्मा ८ लाख ७४ हजार ८ सय मूल्य बराबरको समान विभिन्न स्थानबाट  जिल्ला प्रहरी कार्यालय नवलपरासी तथा मातहतका प्रहरी इकाइबाट समेत खटिएको प्रहरी टोलीले बरामद गरेकाे प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।

नियन्त्रणमा लिईएका मालसामानलाई  आवश्यक कारबाहीको लागि भन्सार कार्यालय महेशपुर पठाउने कार्य भइरहेको समेत डिएसपी पाण्डेले बताउनुभयो ।



Ads