ताजा अपडेटः

नेपाल मगर संघ लुम्बिनी मगरात प्रदेश समितिको दोस्रो अधिबेशन सम्पन्न

नेपाल मगर संघ लुम्बिनी मगरात प्रदेश समितिको दोस्रो अधिबेशन सम्पन्न प्रकाशित मिति: ३० फाल्गुन २०७९, मंगलवार ०७:०४

कल्पना खरेल,सुनवल । नेपाल मगर संघ लुम्बिनी मगरात प्रदेश समितिको एतिहासिक दोस्रो अधिबेशन कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ५ राष्ट्रिय माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।

उक्त अधिबेशनबाट डिल बहादुर थापा मगरको अध्यक्षतामा ५५ सदस्यीय नेपाल मगर संघ लुम्बिनी मगरात प्रदेश कमिटि गठन भएको छ ।


जसको वरिष्ठ उपाध्यक्षमा जनक बहादुर थापा, उपाध्यक्षमा मन बहादुर थापा मगर,महिला उपाध्यक्षमा खगि कुमारी राना मगर, मुख्य सचिबमा कुल वहादुर सोमै मगर र संगठन सचिवमा कृष्ण राना मगर चयन हुनुभएकाे छ ।

त्यसैगरी खुल्ला सचिवमा सन्जिव थापा मगर,तेज बहादुर घर्ति मगर, किशोर बुढा मगर चुनिनुभएकाे छ ।


यसैगरी काेषाध्यक्षमा तारा पुन मगर, सह कोषाध्यक्षमा सिर्जना घर्ति मगर र सदस्यहरुमा क्रमश:दान बहादुर थामि मगर पाल्पा, टेक बहादुर राना मगर पाल्पा, पुस्पा देवि थापा मगर पाल्पा, शुशिला पुन मगर गुल्मी, तारा राना मगर नवलपरासी , दया दर्लामि मगर नवलपरासी, सरिता राना मगर कपिलवस्तु, बिष्णु थापा मगर कपिलवस्तु, सुस्मा थापा मगर रुपन्देही, सुर्य बिक्रम राना रुपन्देही, गिरि प्रसाद राना रुपन्देही, मन बहादुर पुन रुपन्देही, मिना कुमारी पुन बाके, थर्क बहादुर राना पाल्पा, रण बहादुर घर्ती मगर रोल्पा, कबिर थापा मगर दाङ्ग,अनिता राना मगर रुकुम,कृष्ण बहादुर पुलामि अर्घखाची र १८ मगरातमा बोलिने मगर खाम भासा र काइके र १२ मगरातमा बोलिने मगर धुत उपाध्यक्ष र अनुशासन समिति संयोजक र निर्बाचन आयोग संयोजक लागाएत चयन भएको नेपाल मगर संघ लुम्बिनी मगरात प्रदेश समितिका उपाध्यक्ष मन बहादुर थापा मगरले जानकारी दिनु भएको छ ।


प्रदेश अध्यक्ष बिमल सारु मगरको अध्यक्षता र नेपाल मगर संघ केन्द्रीय अध्यक्ष ज्ञानेद्र पुन मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई सम्वाेधन गर्दै प्रमुख अतिथि ज्ञानेन्द्र पुनले मगरहरुले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण सम्बर्द्धन गर्दै आर्थिक, शैक्षिक, समाजिक क्षेत्रमा पनि मगरहरुको सहभागिता आजको आवश्यकता माथि जोड दिनु भएको थियो ।


सङ्गठन सचिव जिथु तरामी मगरकाे स्वागत र मुख्य सचिव गाेपाल पुन मगरकाे संचालनमा कार्यक्रम सम्पन्न भएकाे हाे ।



Ads