ताजा अपडेटः

अपराध नियन्त्रण सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अपराध नियन्त्रण सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न प्रकाशित मिति: २७ फाल्गुन २०७९, शनिबार २०:५६

 

सुनवल।”महिला बालबालिका तथा जेष्ठ नागरिक विरुद्व हुने अपराध नियन्त्रण सम्बन्धमा सरोकारवालाहरु संग अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको आयोजना र ईलाका प्रहरी कार्यलय बर्दघाटको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले कार्यक्रमको उद्धेश्य बारे प्रकाश पार्नु भएको थियो । भने सहभागिहरुले महिला तथा जेष्ठ नागरिक विरुद्व हुने अपराध नियन्त्रण सम्बन्धमा आ-आफ्नो धारणा राखेका थिए ।


कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत लगाएतले अपराध न्यूनीकरणमा नगरपालिकाले पुर्याएको योगदानको बिषयमा जानकारी गराउनुभएकाे थियाे ।

भने कार्यक्रमको अन्त्यमा सहभागिहरुबाट उठेका जिज्ञासाकाे कार्यक्रमका अध्यक्ष तथा जिल्ला प्रहरी कार्यलय नवलपरासीका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले सम्बोधन गर्नु भएको थियो ।

जिल्ला प्रहरी कार्यलय नवलपरासीकाे प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयको अध्यक्षता तथा बर्दघाट नगरपालिकाकाे नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक बिरेन्द्र के.सी.काे संचालन रहेकाे कार्यक्रममा महिला,वाल-वालिका ,जेष्ठ नागरिक र पत्रकारहरु , बर्दघाट नगरपालिकाका बिभिन्न संघ संस्थामा क्रियाशील महिला , बालबालिका तथा संचारकर्मीहरु समेत गरि ७० जनाको उपस्थिति रहेको थियो ।