ताजा अपडेटः

सुनवलमा एक दिने स्क्रावेल ओरेन्टेसन कार्यक्रम सम्पन्न

सुनवलमा एक दिने स्क्रावेल ओरेन्टेसन कार्यक्रम सम्पन्न प्रकाशित मिति: २६ फाल्गुन २०७९, शुक्रबार २१:२४

 

कृष्ण प्रसाद शर्मा, सुनवल । प्याव्सन नवलपरासीको आयोजनामा एक दिने स्क्रावेल ओरेन्टेसन कार्यक्रम आज सुनवलमा सम्पन्न भएको छ ।

प्याब्सन नवलपरासीका अध्यक्ष गुरुदत्त पौडेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौति यादवको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रममा प्याब्सनमा आवद्ध विद्यालयका ३४ शिक्षक र ६८ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

स्क्रावेल अंग्रेजी अक्षरहरुलाई मिलाएर नयाँ र लामो शब्द निर्माण गरी अंक प्राप्त गर्ने एक खेल हो । जसका कारण शब्द निमार्ण गर्ने क्षमता र बाैद्विक स्तरमा वृद्धि हुने प्याब्सन लुम्बिनी प्रदेश सचिव धनराज चापागाईंले  बताउनुभएको  छ । साेहि कारण पछिल्लो समयमा जिल्लाका विभिन्न विद्यालयहरुमा स्क्रावेल सम्बन्धि तालिम सञ्चालन गर्ने गरिएको छ ।

अर्जुन पाण्डेकाे प्रशिक्षण रहेकाे कार्यक्रममा प्याब्सन केन्द्रिय सदस्य सन्तोष अधिकारी, प्याव्सन लुम्विनी प्रदेश सचिव धनराज चापागाई, उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य लगायतको उपस्थिति रहेको थियो ।

प्याब्सन सुनवलका अध्यक्ष कृष्ण प्रसाद शर्माको स्वागत र सचिव वेनीराम भुषालकाे संचालनमा कार्यक्रम सम्प्नन भएकाे हाे ।

 



Ads