ताजा अपडेटः

नवजागरण क्लब सुनवल-५ मिनिवनकट्टीले विभिन्न खेलकाे आयाेजना गर्दै महिला दिवस मनायाे

नवजागरण क्लब सुनवल-५ मिनिवनकट्टीले विभिन्न खेलकाे आयाेजना गर्दै महिला दिवस मनायाे प्रकाशित मिति: २३ फाल्गुन २०७९, मंगलवार ०९:४२

कल्पना खरेल, सुनवल । नवजागरण क्लब सुनवल-५ मिनिवनकट्टीले विभिन्न खेलकाे आयाेजना गरि ११३ औ अन्तर्राष्ट्रिय महिला दिवस मनाएकाे छ ।

नवजागरण क्लबका अध्यक्ष प्रेम बहादुर थापाकाे अध्यक्षता तथा वडा नम्बर ५ का वडा अध्यक्ष नेत्रलाल तिवारीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा महिला फुटबल खेल र महिला घैटाे फाेड्ने खेल खेलाईएकाे थियाे ।


जस अन्तर्गत महिला घैटाे फोड्ने खेलमा प्रगती आमा समूहकी खेलाडी भावना क्षेत्री बिजयी भएकी थिइन् । बिजयी खेलाडीलाई रू १५०० प्राेत्साहन पुरस्कर र शिल्ड मेडल प्रदान गरीएकाे छ ।
भने महिला फुटबल खेलतर्फ शशक्ति आमा समूहलाई शून्यका विरूद्व ६ गाेल गर्दै प्रगति आमा समूहले सानदार जित हासिल गरेकाे छ ।


महिला फुटवल प्रतियोगितामा सम्झना आमा समूहलाई शून्यका विरूद्व १ गाेल गर्दै भगवती महिला केन्द्र विजयी , मिलन आमा समूहलाई शून्यका विरूद्व १ गाेल गर्दै जनज्योति आमा समूह विजयी भएका छन् ।


महिला फूटबलको सेमिफाइनल र फाइनल खेल भाेली हुने आयाेजक क्लबले जनाएकाे छ ।

सक्लबका उपाध्यक्ष रुक बहादुर पुनकाे स्वागत र हेमराज गुरुङ र दिपिका सेनकाे संचालन रहेकाे कार्यक्रममा नेत्रलाल तिवरी, जुठिमाया पुन , दुर्गा सुबेदी, कृष्ण बहादुर पौडेल लगाएले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।



Ads