ताजा अपडेटः

धनगढीकाे हिमशिखर बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडमा कार्यरत कर्मचारीले किर्ते गरी ग्राहकको रकम चोरी

धनगढीकाे हिमशिखर बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडमा कार्यरत कर्मचारीले किर्ते गरी ग्राहकको रकम चोरी प्रकाशित मिति: २१ फाल्गुन २०७९, आईतवार ०६:५९

प्रदिप न्याैपाने, धनगढी । हिमशिखर बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडमा कार्यरत एक कर्मचारीले किर्ते गरी ग्राहकको रकम चोरी गरेको पाइएको छ ।

  धनगढीकी लक्ष्मी कुमारी जेठाराको खातामा रहेको ४५ हजार रुपैयाँ किर्ते गरेर चोरी गरेको पाइएको हो ।

धनगढी निवासी लक्ष्मी कुमारी जेठाराले बैकंकाे भन्दा बढि ब्याज पाइने भन्दै २०७७ पुस २८ गते हिमशिखर बहुउद्धेश्यीय सहकारीसँग जोडिन पुगेकि थिईन् ।

उनले सहकारीमा कहिलदे  १० लाख रुपैयाँ कहिले ५ लाख रूपैया जम्मा गर्ने र   जम्मा गरेको रकम केही महिना बचत गरेर निकाल्ने गर्ने गर्थिन् ।

तर, पछिल्लो एक वर्षदेखि सहकारीमा कुनै पनि कारोबार नगरेकाे लक्ष्मीले बताईन् । तर, बुधबार सहकारीमा जाँदा मेरो खातामा पैसा थिएन । खातामा पैसा नभएपछि स्टेटमेन्ट निकाल्न खोजेँ तर सहकारीले स्टेटमेन्ट नै दिन मानेन ।

पछि बल्लबल्ल स्टेटमेन्ट दियो, अनि थाहा भयो खाताबाट ४५ हजार रुपैयाँ निकालिएको रहेछ ।’ लक्ष्मीले भनिन्

आफ्नो चेकबुक किर्ते गरेर सहकारीकी कर्मचारीले रकम निकालेको पीडित लक्ष्मीको आरोप छ ।

सुरुमा त उनले तपाईको खातमा पैसा नै थिएन भनेर जित्न खाेजेपनि  स्टेटमेन्ट देखाएपछि गल्ती गरेको स्वइकार गरी  किर्ते गरेर निकालेको पैसा फेरी खातामै हालिदिएकाे लक्ष्मीले बताएकी छन् ।

यसैबिच हिमशिखर सहकारीका प्रबन्ध निर्देशक महेन्द्र शाहीले सहकारीका कर्मचारीबाट बदमासी भएको स्वीकार गर्दै सहकारीबाट किर्ते गरेर ग्राहकको रकम चोरी गरेको थाहा पाएपछि कर्मचारीलाई निलम्बन गरेको बताएका छन् ।

निर्देशक शाहीले भने -“कर्मचारीले बदमासी गरेको थाहा पाउने बित्तिकै सञ्चालक समितिको बैठक बसेरै ती कर्मचारीलाई निलम्बन गरेका छौँ ।”
उनले भने  ‘संस्थाकै कर्मचारीले यस्तो हर्कत गर्नु दुःखको कुरा भएकाे बताउदै पीडितले दिएकाे उजुरीका अधारमा ३ सदस्यीय छानबिन समिति गठन  गरेर अनुसन्धान समेत अगाडि बढाईसकेका छौँ ।’



Ads