ताजा अपडेटः

सुनवलमा नेकपा एमालेकाे वडा स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न

सुनवलमा नेकपा एमालेकाे वडा स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न प्रकाशित मिति: २० फाल्गुन २०७९, शनिबार २१:३७

 

कल्पना खरेल,सुनवल । नेपाल कम्युनिस्ट पार्टी एमाले वडा नम्बर १ को सुनवल १ मा वडा स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

पार्टी वडा कमिटीका अध्यक्ष मन बहादुर थापा मगरको अध्यक्षता तथा पार्टी केन्द्रीय कमिटीका सदस्य बिमला अर्यालको प्रमुख आतिथ्यतामा साे अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे हाे ।


साे कार्यक्रमकाे सहजीकरण केन्द्रीय सदस्य बिमला अर्याल, लुम्बिनी प्रदेश कमिटी सदस्य थान प्रसाद गैरे, जिल्ला कमिटि सदस्य उत्तम धोज के सी लागएतले सहजिकरण गर्नुभएकाे पार्टी वडा कमिटिका अध्यक्ष मन बहादुर थापा मगरले जानकारी दिनुभएको छ ।

पार्टी वडा कमिटिका उपाध्यक्ष कल्पना घिमिरेकाे स्वागत र वडा कमिटि सचिव प्रर्शुराम कवरकाे संचालन रहकाे कार्यक्रममा पार्टी लुम्बिनी प्रदेश कमिटी सदस्य थान प्रसाद गैरे, प्रदेश लेखा आयोग सदस्य रेशम शर्मा, जिल्ला कमिटी सदस्य उत्तम धोज के सि, तिलकराम ढकाल, बिमल केसी, रुक बहादुर गुरुङ्ग लगाएतको उपस्थिति रहेकाे थियाे ।


नेपाल कम्युनिस्ट पार्टी एमाले वडा कमिटी वडा नम्बर १ को आयोजनामा मिसन ग्रासरुत २०७९ को अभियान अन्तर्गत साे कार्यक्रम भएकाे हाे ।



Ads