ताजा अपडेटः

स्वाठिमा आयाेजित खुला महिला फुटवल प्रतियाेगितामा प्रगति मा.वि विजयी

स्वाठिमा आयाेजित खुला महिला फुटवल प्रतियाेगितामा प्रगति मा.वि विजयी प्रकाशित मिति: २० फाल्गुन २०७९, शनिबार १९:५१

कल्पना खरेल,सुनवल । छहारी आमा समूह सुनवल -९ स्वाठि द्वारा आज आयाेजित खुला महिला फुटवल प्रतियाेगितामा प्रगति मा.वि विजयी भएकाे छ ।

छहारी आमा समूह स्वाठिकाे आयाेजनामा भएकाे मैत्रीपूर्ण खुला महिला फुटवल प्रतियोगितामा छहारी आमा समूहलाई १ का विरूद्व ३ गाेल गर्दै प्रगति मा.वि विजयी भएकाे हाे ।


साे आमा समूहकी अध्यक्ष सारदा क्षेत्रीकाे अध्यक्षता तथा वडा नम्बर ९ का वडा अध्यक्ष विरवल चाैधरीकाे प्रमुख आतिथ्यतामा भएकाे खेलमा  छहारी आमा समूह,छडेरी आमा समूह, प्रगति मा.वि र प्रगति तेक्वान्दो डाेजाे बिच प्रतिस्पर्धा भएकाे थियाे ।

खेलमा छडेर आमा समूहलाई हराउदै छहारी आमा समूह र प्रगति तेक्वान्दो डाेजाेलाई हराउदै प्रगति मा.वि फाईनलमा प्रवेश गरेकाे थियाे ।


आजकाे महिला फुटबल खेलमा छहारी आमा समूह द्वितीय ,छडेरी आमा समूह तृतीय र प्रगति तेक्वान्दो डाेजाे सान्त्वना भएका छन् ।
आजकाे खेलमा प्रगति मावि कि छात्रा भूमिका चाैधरी म्यान अफ द म्याच घाेषित भएकी छिन् ।

सिद्वार्थ गाहा मगरकाे संचालन रहेकाे प्रतियोगितामा वडा नम्बर ९ का वडा सदस्य,प्रगति आमा समुह, स्थानीयबासी लगाएतकाे उपस्थिति रहेकाे थियाे ।



Ads