ताजा अपडेटः

लुम्बिनी माधयमिक विद्यालय सुनवलमा खुल्ला जोडी नृत्य प्रतियोगिता सम्पन्न

लुम्बिनी माधयमिक विद्यालय सुनवलमा खुल्ला जोडी नृत्य प्रतियोगिता सम्पन्न प्रकाशित मिति: १९ फाल्गुन २०७९, शुक्रबार १८:४४

कल्पना खरेल,सुनवल । सुनवल नगरपालिका वडा नम्बर १ मा अवस्थित लुम्बिनी माधयमिक विद्यालयमा खुल्ला जोडी नृत्य प्रतियोगिता आज सम्पन्न भएको छ ।

लुम्बिनी माध्यमिक विद्यालय बाल क्लबका अध्यक्ष कृयल घिमिरेको अध्यक्षता तथा वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।


वडा सदस्य प्रसुराम कवर योगिको विशिष्ट आतिथ्यता रहेकाे खुल्ला जोडी नृत्य प्रतियोगितामा ७ वटा समूहको प्रतिस्पर्धा रहेको थियो ।
जहा प्रथम ,दितिय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने जाेडिलाई मेडल,प्रमाणपत्र र क्याल्कुलेटर प्रदान गरिएको वडा अध्यक्ष मन बहादुर थापा मगरले बताउनु भएको छ।


कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक हुमानाथ सुबेदि, शिक्षक मदन प्रसाद पौडेल,वडा बाल संजालका सदस्य अर्बिन भण्डारी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।



Ads