ताजा अपडेटः

आज बाबा बर्दगोरिया आधारभूत विद्यालयकाे चारकोठे भवन सिलन्यास

आज बाबा बर्दगोरिया आधारभूत विद्यालयकाे चारकोठे भवन सिलन्यास प्रकाशित मिति: १९ फाल्गुन २०७९, शुक्रबार १८:०५

 

कल्पना खरेल,सुनवल । बाबा बर्दगोरिया आधारभूत विद्यालय सुनवल ११ केरवनिमा चारकोठे भवनको आज एक कार्यक्रमका विच सिलन्यास भएकाे छ


विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लेखनाथ ढकालकाे अध्यक्षता, सुनवल न पा वाड ११ का वडा अध्यक्ष कमल प्रसाद चुवाई काे प्रमुख आतिथ्यता एवम् सुनवल न पा ११ का वडा सद्स्य तारा सुनार काे विशेष आतिथ्यतामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत शिलान्यास कार्यक्रम सम्पन्न भएकाे हाे ।


वडा सदस्य सिताराम कुमाल,वीर बहादुर खबास लगायत , विद्यालय ब्यबस्थापन समितीका निबर्तमान अध्यक्ष , भु पु अध्यक्ष लगायत शिक्षा प्रेमी अभिभाबकहरुको उपस्थितमा प्रमुख अतिथि सुनवल न पा ११ का वडा अध्यक्ष चुवाईले साे भवनकाे शिलान्यास गर्नुभएकाे थियाे ।



Ads