ताजा अपडेटः

बालमैत्री स्थानिय शासनबारे सुनवलमा छलफल तथा अनुभव आदान-प्रदान कार्यक्रम सम्पन्न

बालमैत्री स्थानिय शासनबारे सुनवलमा छलफल तथा अनुभव आदान-प्रदान कार्यक्रम सम्पन्न प्रकाशित मिति: १९ फाल्गुन २०७९, शुक्रबार ०६:२५

सुनवल नगरपालिकामा बालमैत्री स्थानिय शासनबारे अध्ययन अवलोकन गर्न आएको नमोबुद्द नगरपालिका काभ्रेका नगरप्रमुख सहितको टोलि, सुनवल नगरपालिकाका नगर प्रमुख , महिला वालवालिका शाखाका कर्मचारी र वालवालिकाहरुका विच छलफल तथा अनुभव आदान प्रदान कार्यक्रम विहिवार सम्पन्न भएकाे छ ।


नगर प्रमुख विमला अर्यालको अधयक्षतामा साे छलफल तथा अनुभव आर्दान प्रदान कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा नगर प्रमुख अर्यालले काभ्रेको नमोवुद्द नगरपालिकाका प्रमुख कुनसाङ लामाको नेतृत्वमा आएको प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद लम्साल , वडा अध्यक्ष , कर्मचारी र बालबालिकाको टोलिलाई स्वागत गर्नुभएकाे थियाे ।


त्यसैगरी बाल कल्याण अधिकारी रेशम शर्मा, महिला बालबालिका शाखा प्रमुख केशरि गैरे र बाल सहजकर्ता सुम्निमा पन्थिले नगरका गतिविधि र उपलब्धि वारे सहजिकरण गर्नुभएकाे थियाे ।


यसैविच कार्यक्रममा नमो बुद्द नगरपलिका काभ्रेका प्रमुख लामा र महिला वालवालिका शाखा प्रमुख द्वयले नमोवुद्द नगरपालिकाकाे उपल्धि र अनुभव साटासाट गर्नुभयो ।


उहाँहरू द्वयले आगामि आर्थिक वर्षमा बालमैत्रि घोषणाको तयारिमा रहेको नमोवुद्दले बालमैत्रि घोषणालाई छिटो र प्रभावकारि बनाउनका लागि सुनवलको सिकाइ महत्वपुर्ण हुने टिप्पणी गर्नुभयाे ।


साे टोलिले समुदाय र बिद्यालय स्तरमा बालमैत्रि व्यवहार र भौतिक पुर्वाधारको अवलोकन छलफल र अन्तरक्रिया गरेको थियो ।



Ads