ताजा अपडेटः

३ लाख भन्दा बढि मुल्यकाे सामान तथा कपडा बरामद

३ लाख भन्दा बढि मुल्यकाे सामान तथा कपडा बरामद प्रकाशित मिति: १७ फाल्गुन २०७९, बुधबार १९:४१

 

कल्पना खरेल,सुनवल । जिल्ला प्रहरी कार्यालय नवलपरासी तथा मातहत प्रहरीका समेतबाट खटिएको प्रहरी टोलीले विभिन्न प्रकारका कपडा र सामानहरु बरामद गरेकाे छ ।

यसैक्रममा जिल्ला प्रहरी कार्यालय नवलपरासीले हिजाे सरावल गाउँपालिका वडा नम्बर २ मनरी स्थितबाट वेवारिसे अवस्थामा प्रहरी सहायक निरीक्षक चाम बहादुर वलीको कमाण्डमा खटिएको टोलीले थान कपडा १२१ मिटर, सुतीको थानको कपडा १ हजार ७५ मिटर, कुर्ता सुरवल ४२ पिस, साडी ४७ पिस, सुतीको कुर्ता सुरवल १३ पिस, ललीपप मिठाई १५० प्याकेट, टेङ्गो मिठाई २४ पिस, भाईवेष्ट मिठाई २ कार्टुन गरी अन्दाजी मुल्य रु २ लाख १२ हजार ५ सय बराबरको कपडा तथा सामान बरामद गरेकाे हाे ।

त्यस्तै ईलाका प्रहरी कार्यालय बर्दघाटले हिजाे प्रहरी सहायक निरीक्षक बिन बहादुर बगालेको कमाण्डमा खटिएको टोलीले जिल्ला नवलपरासी बर्दघाट न.पा. ४ टिसिएन चोक स्थित पुर्व-पश्चिम राजमार्गमा बेवारिसे सुट ३६ पिस , टप्स १८ पिस, कुर्था सुरुवाल २२ पिस गरी अन्दाजी मुल्य रु. १ लाख १० हजार २ सय बराबरको कपडा बरामद गरेकाे छ ।

उता ईलाका प्रहरी कार्यालय अमानिगंजले हिजाे पाल्हीनन्दन गाँउपालिका २ मुडेराबाट प्रहरी बरिस्ठ नायव निरीक्षक राजेश भट्टराईको टोलीले गँहु-१५० के.जी., चामल-३५० के.जी.गरि अन्दाजी मुल्य रु. २५ हजार बराबरकाे खाद्यान्न बरामत गरेकाे छ ।

यसरी जिल्लाका विभिन्न ठाउँबाट गरि जम्मा अन्दाजी मुल्य रु.३ लाख २५ हजार २ सय मूल्य बराबरको अबैध सामान बरामद गरी अवश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालयमा बुझाईएको प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।



Ads