ताजा अपडेटः

सुन्दरबस्तिकाे जित राइजिङ्ग स्टार भूमहिलाई

सुन्दरबस्तिकाे जित राइजिङ्ग स्टार भूमहिलाई प्रकाशित मिति: १७ फाल्गुन २०७९, बुधबार ०७:४८

कल्पना खरेल, सुनवल । सुन्दरबस्तीमा जारी प्रथम सुन्दरबस्ती कप खुला नकआउट फुटवल प्रतियोगिताकाे जित राइजिङ्ग स्टारले हात पारेकाे छ ।

चरणबद्ध रूपमा खेललाई जिति फाईनलमा प्रवेश गरेका सुनवल एफ.सी VS राइजिङ्ग स्टार भूमहि विच भएकाे निकैनै राेचक खेलमा राइजिङ्ग स्टारले जित हात पारेकाे हाे ।

खेल अबधिभर सानदार खेल प्रस्तुत गरेका दुवै टिमले खेल अवधिभर कुनैपनि गाेल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएकाे थियाे ।
फाइनल खेलकाे म्यान अफ द म्याच सुनवल एफ.सीका गाेल रक्षक जर्सि नम्बर ३२ का विष्णु पल्लि मगर भएका छन् ।
खेलमा विजेता टिमले ४० हजार प्राप्त गरेकाे छ भने उपविजेता टिमले २० हजार प्राप्त गरेकाे छ ।

फाईनल खेलमा उत्कृष्ट गाेलकिप्पर राइजिङ्ग स्टारका माधव तिवारी ,उत्कृष्ट खेलाडि सुनवल एफ.सिका सबि गुरूङ, सर्वाधिक गाेलकर्ता जनशक्ति यूवा क्लबका विनाेद भट्टराई र सुनवल ७ का खेलाडि टेक बहादुर गुरूङलाई शिल र प्रमाणपत्र प्रदान गरीएकाे छ ।

वडा नम्बर १३ का वडा अध्यक्ष कृष्ण प्रसाद वगालेकाे अध्यक्षता, जिल्ला खेलकुद समितिका अध्यक्ष रितमान कानुकाे विशिष्ट आतिथ्यता तथा फुटबल संघका जिल्ला अध्यक्ष धन बहादुर गुरूङ्गकाे विशिष्ट आतिथ्यतामा फाइनल खेल विविद सास्कृतिक कार्यक्रम सहित सम्पन्न भएकाे हाे ।