ताजा अपडेटः

साईवर अपराध न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम”सम्पन्न

साईवर अपराध न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम”सम्पन्न प्रकाशित मिति: १६ फाल्गुन २०७९, मंगलवार २०:४२

कल्पना खरेल,सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ४ माअबस्थित महाकवि देवकोटा नमुना माध्यामिक विधालयमा आज साईवर अपराध न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम”सम्पन्न भएकाे छ ।

“समुदाय-प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी को आयोजनामा साे विद्यालयमा अध्यनरत कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई साे विषयमा सचेतना प्रदान गरीएकाे हाे

दिउँसो १:३० बजेदेखि ३:१५ बजेसम्म संचालित उक्त कार्यक्रममा सहभागी विद्यार्थीलाई प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयद्धारा प्रशिक्षण दिईएकाे थियाे ।

उक्त प्रशिक्षण कार्यक्रममा विधालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्याल, प्रधानाध्यपक खेमलाल शर्मा र अन्य प्रध्यापक लगायत २४० जना बिद्यार्थीको सहभागिता रहेकाे थियाे ।



Ads