ताजा अपडेटः

विविध कार्यक्रम गर्दै ४१ ओै मगर एकता दिवस सम्पन्न

कल्पना खरेल
विविध कार्यक्रम गर्दै ४१ ओै मगर एकता दिवस सम्पन्न प्रकाशित मिति: १६ फाल्गुन २०७९, मंगलवार ०६:४५

 

कल्पना खरेल, सुनवल । नेपाल मगर संघ नगरकमिटिकाे आयाेजना तथा नेपाल मगर समाज गैेडाखाल वडा कमिटिकाे सहआयाेजनामा संचालित ४१ ओै मगर एकता दिवस विभिन्न कार्यक्रम सहित सुनवल -१०, गैडाखाल खेलमैदानमा सम्पन्न भएकाे छ ।


नेपाल मगर संघका नगर कमिटि अध्यक्ष मन बहादुर थापा(दिपक) काे अध्यक्षता तथा नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुन मगरकाे प्रमुख आतितथ्यतामा विभिन्न खेल तथा नृत्य प्रस्तुत गर्दै कार्यक्रम सम्पन्न भएकाे हाे ।


कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि ज्ञानेन्द्र पुन मगरले मगर समुदायले आफ्नै गरूङ्गाे भाषा,सस्कृति पहिचान र इतिहास बाेकेकाे बताउदै विभिन्न कालखण्डमा मगर समुदायले राष्ट्र परिवर्तनका लागी दिएका त्याग र बलिदानिलाई भुल्न नहुने जिकिर गर्नुभयाे ।


प्रमुख अतिथि मगरले नयाँ पुस्ताका मगर समुदायले आफ्नाे भाषा र परिरनलाई महत्व नदिनु दुखत रहेकाे जिकिर गर्दै अब मगरहरू परिचालित हुने मात्र हाेईन परिचालित गर्ने स्थानमा पुग्नु जरूरी रहेकाे समेत स्षष्ट पार्नुभयाे ।


सुनवल नगरभित्रका हरेक वडाबाट मगर पाेसाकमा ब्यानर र बाजागाजा सगँ भेला भएका उक्त कार्यक्रममा ४० बर्ष माथिका भेट्रान्स विच भलिबल प्रतियोगिता,भाले छाेप्ने खेल,छाेलाे फाल्ने ,रस्सि तान्ने, कुर्सी दाैड, बाेरा दाैड,घैटाे फाल्ने जस्ता निकैनै राेचक खेलहरू प्रस्तुत गरीएकाे थियाे ।


भने कार्यक्रमलाई अझ रमाइलो गराउन ६ वटा टिममा विभाजित समूह विच नृत्य प्रस्तुत गरीएकाे थियाे ।


जसमा विजयी समूह तथा व्यक्तिलाई सम्मान पत्र,प्राेत्साहन रकम,भाले र खसी वितरण गर्दा कार्यक्रम अथ पृथक देखिन्थ्याे ।


जित बहादुर पुनकाे स्वागत र निर्मला थापा र विक्कि थापा मगरकाे संचालन रहेकाे कार्यक्रममा लुम्बिनी मगरात प्रदेश सदस्य तथा वडा नम्बर १ का वडा अध्यक्ष मान बहादुर थापा , कार्यपालिका सदस्य जुठिमाया रेगामी मगर, मगर संघका दिपक राना मगर, वडा नम्बर ३ का वडा अध्यक्ष पविन गुरूङ, उद्योग वाणिज्य संघकाे नगर अध्यक्ष रमेश कर्माचार्य लगाएतले शुभकामना मन्तब्य बाेल्नुभएकाे थियाे ।




Ads