ताजा अपडेटः

बिग बुद्ध युवा क्लब द्वारा खेलाडी र नवलपरासी खवरलाई सम्मान

बिग बुद्ध युवा क्लब द्वारा खेलाडी र नवलपरासी खवरलाई सम्मान प्रकाशित मिति: १५ फाल्गुन २०७९, सोमबार १०:३५

कल्पना खरेल,सुनवल । बिग बुद्ध युवा क्लबले आज एक कार्यक्रमकाे आयाेजना गरि खेलाडी र नवलपरासी खवरलाई सम्मान गरेको छ ।

प्रथम बिग बुद्ध कप खुल्ला नक आउट फुटबल प्रतियोगिता २०८९ लाई सभ्य र भब्य तरीकाले सम्पन्न गर्न विशेष भूमिका निर्वाह गरेकाे बताउदै खेलाडी र मिडिया पार्टनर नवलपरासी खवरलाई सम्मान गरीएकाे हाे ।

सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै बिगबुद्व क्लबका अध्यक्ष सन्जिब लामाले मिडिया पार्टनर नवलपरासी खवरले खेललाई देश विदेशमा रहनभएका खेलप्रेमी दर्शक सम्म प्रत्यक्ष प्रसारण मार्फत पुर्याएकाे मा खुशी व्यक्त गर्नुभयाे ।

उहाँले नवलपरासी खवरकै माध्यमबाट आफ्नाे क्लब र प्रथम विगबुद्व खुला नकआउट फुटवल प्रतियोगिताले थप उचाइ लिएकाे जिकिर गर्नुभयाे ।

त्यसैगरी अध्यक्ष लामाले खेलाडीहरुलाई अनुशासित र मर्यादित भएर खेल प्रर्दशन गर्न आग्रह गर्दै खेलकुद क्षेत्रमा अझै उन्नति र प्रगतीको कामना सहित शुभकामना ब्यक्त गर्नुभयाे ।

 

बिगबुद्व आमा समुहकी अध्यक्ष सीता समरखातीले टीका र खादा ओेढाई खेलाडितर्फ क्लबका उपाध्यक्ष सन्जय मगर,मनिष गुरुङ,मनिष कानु,असिम मल्ल,रोहित खाम्चा,पुरन मगर, आयुष मगर र वाङगेल लामालाई सम्मान गरेकाे हाे ।

सम्मान कार्यक्रममा क्लबका सम्पुर्ण सदस्यहरु,खेलाडिहरू, बिग बुद्ध आमा समुह लगायत स्थानियको उपस्थिती रहेको थियो ।



Ads