ताजा अपडेटः

सुनवल युनाइटेड स्कुलकाे अतिरिक्त क्रियाकलाप अन्तर्गत आज नृत्य प्रतियाेगिता सम्पन्न

सुनवल युनाइटेड स्कुलकाे अतिरिक्त क्रियाकलाप अन्तर्गत आज नृत्य प्रतियाेगिता सम्पन्न प्रकाशित मिति: १४ फाल्गुन २०७९, आईतवार २०:१२

 

कल्पना खरेल, सुनवल । सुनवल युनाइटेड स्कुलकाे अतिरिक्त क्रियाकलाप सप्ताह अन्तर्गत आज चाैथाे दिन अन्तर सदनात्मक नृत्य प्रतियाेगिता सम्पन्न भएकाे छ ।


लुम्विनी प्रदेश नृत्य निर्देशक संघका उपाध्यक्ष सुन्दर गुरुङकाे निर्णायक भुमिका रहेकाे नृत्य प्रतियोगितामा विद्यालयका १६ समुहको सहभागिता रहेको थियाे ।

प्रतियोगितामा जुनियर तर्फ पाईथागोरस सदन (ग) प्रथम, न्यूटन सदन (ख) द्धितिय र आईस्टाईन सदन (क)  तृतिय र ग्यालिलियो सदन (ख) सान्त्वना भएकाे छ ।

यसैगरी सिनियर तर्फ भएकाे नृत्य प्रतियोगितामा पाईथागोरस सदन (क) प्रथम, न्यूटन सदन (क) द्धितिय र आईस्टाईन सदन (ख)  तृतिय र न्यूटन सदन (ख) सान्त्वना भएका छन् ।

सुनवल युनाईटेड इंलिस बोर्डिङ सेकेन्डरी स्कुल सुनवल ४ नवलपरासीकाे यहि फाल्गुन ११ गते देखी सुरु भएको खेलकुद सप्ताह अन्तर्गत आज चाैथाे दिनकाे कार्यक्रमकाे विद्यालयका प्रिन्सिपल धनराज चापागाईंकाे अध्यक्षता एवम् वडा नम्बर ४ का वडा अध्यक्ष बालकृष्ण पंगेनीको प्रमुख आतिथ्यता रहेकाे थियाे ।

कक्षा ९ नाै मा अध्ययनरत विद्यार्थी महेश पङ्गेनि( मिसन ) र कृपा घिमिरे काे संचालन रहेकाे कार्यक्रममा विद्यालयका शिक्षक-शिक्षिका, विद्यार्थी लगाएत पत्रकारको समेत उपस्थिति रहेकाे थियाे ।



Ads