कल्पना खरेल, सुनवल । हिजाे पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर २ हाटबजारलाईन बाट करिब ३ लाख, २० हजार २ सय २० मूल्य बराबरको अबैध कपडा तथा सामान नियन्त्रणमा लिईएकाे छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी बाट खटिएको प्रहरी टोलीले साेहि स्थानमा भारतबाट नेपाल तर्फ मोटरसाईकलमा राखि अबैध रूपमा ल्याउदै गरेको अन्दाजी १ लाख ८ हजार मूल्य बराबरकाे २७० पिस कुर्ता सुरुवाल र अन्दाजी २ लाख १२ हजार २ सय २० मुल्य बराबरकाे ११७९ पिस,होली टिसर्ट गरी जम्मा अन्दाजी मुल्य रू. ३ लाख २० हजार २ सय २० मुल्य बराबरको कपडा टोलीलाई देखि कपडाहरू साेहि स्थानमा छाडी मानिस माेटरसाईकल लिई फरार भएकाे अवस्थामा बरामद गरीएकाे हाे ।
नियन्त्रणमा लिइएकाे अबैध कपडाहरूलाई थप आवश्यक कार्वाहीका लागि भन्सार कार्यालय महेशपुर पठाउने कार्य भइरहेको प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।
साथै उक्त सामान कसले ल्याएको हो भन्ने विषयमा पनि आवश्यक अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताउनुभयाे ।
यसैविच जिल्ला प्रहरी कार्यालय नवलपरासीले यश कार्यालय तथा साे मातहत समेतको वडा एरीया बाट भन्सार छली ल्याउँदै गरेको चिनी, किसमिस चियापत्ती, बिस्कुट, गहुँ गरि अन्दाजी मुल्य रु. १ लाख ४५, हजार ६ सय २० मूल्य बराबरको थप अवैध सामान समेत गरी जम्मा रु ४ लाख ६५ हजार ८ सय ४० रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिईएकाे छ ।
नियन्त्रणमा लिईएकाे अबैध सामानलाई आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय पठाउने कार्य भइरहेको समेत प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभयाे ।