ताजा अपडेटः

सुनवल वडा नम्बर ३ मा किशोरीका लागि आत्मरक्षा तालिम सम्पन्न

सुनवल वडा नम्बर ३ मा किशोरीका लागि आत्मरक्षा तालिम सम्पन्न प्रकाशित मिति: १३ फाल्गुन २०७९, शनिबार २२:४८

 

कृष्ण थापा,सुनवल । किशोरी तथा छात्राहरु माथि हुने विभिन्न किसिमका दुर्ववहारकाे अन्त्य गर्ने उदेश्य सहित पश्चिम नवलपरासीको सुनवल वडा नम्बर ३ मा किशोरीका लागि आत्म रक्षा तालिम सम्पन्न गरिएको छ ।

सुनवल वडा नम्बर ३ वडा बाल सञ्जालको आयोजना तथा सुनवल वडा नम्बर ३ वडा कार्यलयको सहयोगमा उक्त आत्मरक्षा तालिम सम्पन्न भएको हो ।

वडा बाल सञ्जालका अध्यक्ष कृष्ण थापाको अध्यक्षता तथा वडा नम्बर ३ का वडा अध्यक्ष पविन गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गुरुङले किशोरीहरु माथि हुने दुव्र्यवहारलाई अन्त्य गर्न जरुरी रहेको बताउनुभएको थियो ।

गुरूङले आगामी दिनमा यस किसिमका कार्यक्रम थप आवश्यक परेमा वडा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

कार्यक्रममा कराते खिलाडी लक्की घर्तीको टोलिले किशोरी माथि शारीरिक रुपमा गलत नियतले छुने वा छुन खोज्ने, विभिन्न यौनजन्य दुव्यवहार गर्ने वा गर्ने प्रयास गर्ने तथा बलात्कार गर्ने प्रयास जस्ता विभिन्न दुव्र्यवहारबाट बच्नको लागि आत्मरक्षा तालिम दिएको थियो ।

बालमैत्री स्वयंसेवक शान्ती श्रिस , वडा सदस्य लक्ष्मी परियार, भुमिकला शर्मा,श्याम बहादुर थापा र आमा समुहका सचिव तथा सदस्यहरुको समेत सहभागिता रहेको तालिममा वडाका ४० जना किशोरिहरुको उपस्थिती रहेको थियो।



Ads