ताजा अपडेटः

समाजसेवी तिलक प्रसाद सुवेदीद्वारा विद्यार्थीलाई पुरस्कार वितरण

समाजसेवी तिलक प्रसाद सुवेदीद्वारा विद्यार्थीलाई पुरस्कार वितरण प्रकाशित मिति: १३ फाल्गुन २०७९, शनिबार २२:२६

 

सुनवल-३, हाटबजारलाईन निवासी समाजसेवी तिलक प्रसाद सुवेदीले पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १२ मा अवस्थित नित्यानन्द रत्नकुमारी माबि मा अध्ययनरत विद्यार्थीलाई पुरस्कार वितरण गर्नुभएकाे छ ।


स्वर्गीय बुवा शालिकराम सुवेदीको नाममा रू १ लाख अक्षयकोषकाे स्थापना गरेकाेले उहाँले आज बुवाकाे वार्षिक पुन्यतिथी पारी विद्यार्थीलाई पुरस्कार वितरण गर्नुभएकाे हाे ।

विद्यालयकाे ६६ ओै वार्षिकाेत्सवमा अबसरमा पुण्य काम गरेकाे प्रति उच्च कदर गर्दै समाजसेवी तिलक प्रसाद सुवेदीलाई बर्दघाट नगरपालिकाका नगर उपप्रमुख रूद्र प्रसाद उपाध्यायले कदरपत्रले सम्मान गर्नुभएकाे थियाे ।