कल्पना खरेल,सुनवल । लुम्बिनी सिस्टर साेसाईटी पुनर्गठन कार्यक्रम आज पश्चिम नवलपरासीकाे सुनवल नगरपालिका वडा नम्बर -५, सहिद विष्णु पाण्डे प्रतिष्ठानमा सम्पन्न भएकाे छ ।
लुम्बिनी सिस्टर साेसाईटी मूल कमिटी संयाेजक कमला पाण्डेकाे अध्यक्षता,जिल्ला सहकारी संघका संचालक डिल्लीराज पाण्डेकाे प्रमुख आतिथ्यता तथा लुम्बिनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लेखनाथ खरेलकाे विशिष्ट आतिथ्यतामा उक्त पुनर्गठन कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि पाण्डेले सिस्टर साेसाईटी महिलाकाे लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न देखि महिलाहरू उद्योगी व्यवसायी हुनुपर्छ भन्ने उदेश्यका साथ गठन गरीएकाे स्पष्ट पार्नुभएकाे थियाे ।
त्यसैगरी साेहि कार्यक्रममा बाेल्दै कार्यक्रमका विशिष्ट अतिथी तथा संस्थाका अध्यक्ष लेखनाथ खरेलले सिस्टर साेसाईटीले महिलालाई अगाडि उभिएर बाेल्न सक्ने क्षमताकाे विकाश गर्न अहम भूमिका निर्वाह गरेकाे बताउनुभयाे ।
साेहि क्रममा बाेल्दै संस्थाकाे उपाध्यक्ष उमाकान्त उपाध्यायले सिस्टर साेसाईटीले महिलाहरूमा नेतृत्व र व्यक्तित्व विकाशमा थप ईट थप्ने काम गरेकाे बताउदै लुम्बिनी सुनवल बचत तथा ऋण सहकारी संस्थाकाे प्रचार-प्रसारमा टेवा पुगेकाे उल्लेख गर्नुभयाे ।
यस्तै संस्थाकी सचिव तारा आचार्यले समाजमा अझैपनि महिलालाई आत्मनिर्भर हुन नसकेकाे बताउदै लुम्बिनी सिस्टर साेसाईटीकाे गठन पश्चात महिलाकाे लागि विभिन्न तालिमहरू दिई स्वराेजगार बन्न प्रेरीत गरेकाे जिकिर गर्नुभयाे ।
अन्त्यमा लुम्बिनी सिस्टर साेसाईटी मुल कमिटी संयाेजक कमला पाण्डेले आफ्नाे कार्यकालमा महिलालाई विभिन्न किसिमका सिपमुलक तालिम देखि लिएर महिला शसक्तिकरणमा उल्लेखनीय कार्य गरेकाे स्पष्ट पार्नुभयाे । संयाेजक पाण्डेले हाम्रो भन्दापनि राम्रो नेतृत्व चयन हाेस् भन्दै आउने नेतृत्वलाई सफल कार्यकालकाे शुभकामना व्यक्त गर्नुभयाे ।
पुष्पा गुरूङकाे स्वागत , लेखा समिति सदस्य कल्पना अधिकारीकाे संचालन र सहिदपत्नि भागिरथी पाण्डकाे शुभकामना मन्तब्य रहेकाे कार्यक्रममा १५० भन्दा बढि महिला सेयर सदस्यकाे सहभागिता रहेकाे थियाे ।
साथै सुनवल नगरपालिका भित्रका विभिन्न वडाहरूलाई समेटि नयाँ ११ सदस्यीय लुम्बिनी सिस्टर साेसाईटी मूल समिति समेत चयन गरेकाे छ ।