कल्पना खरेल,सुनवल । सीप सिकाै स्वराेजगार बनाै भन्ने नारा सहित तीन महिना तयारी पाेशाक बनाउने तालिम सुनवल नगरपालिका वडा नम्बर ४,रमवापुरमा शुरू भएकाे छ ।
घरेलू तथा साना उद्योग कार्यालयको आयोजना तथा सुनवल नगरपालिका वडा नं ४ को सहकार्यमा दलित समुदायको लागि साे तालिम शुरू भएकाे हाे ।
तालिमको समुद्घाटन गर्दै नगर प्रमुख अर्यालले शिप विकास गरी स्वरोजगार बन्न उत्पे्ररित गर्ने यस किसिमका तालिमबाट दक्षता हासिल गरी आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो । उहाले नगरपालिकाले पनि शिप विकासका तालिमहरु सञ्चालन गरिरहेको बताउनुभएको थियो ।
घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीको स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत भगत सर्वजित शिप विकास कार्यक्रम अन्र्तगत तालिम संचालन गरिएको प्रमुख गंगाधर पाण्डेले जानकारी दिनुभयो ।
घरेलु तथा साना उद्योग कार्यालयको प्रमुख गंगाधर पाण्डेयकाे अध्यक्षता, सुनवल नगरपालिकाे नगर प्रमुख बिमला अर्यालको प्रमुख आतित्थ्यता एवम् वडा नं ४ का वडा अध्यक्ष बालकृष्ण पङ्गेनीकाे विशिष्ट आतित्थ्यतामा भएकाे तालिम उद्घाटन कार्यक्रममा निवर्तमान वडा अध्यक्ष विरबहादुर गुरुङ,वडा सदस्य लगायतकाे उपस्थिती रहेकाे वडा नम्बर ४ का वडा अध्यक्ष पङ्गेनीले बताउनुभयाे ।