ताजा अपडेटः

परासीमा भएकाे सवारी दुर्घटनामा एककाे मृत्यु

परासीमा भएकाे सवारी दुर्घटनामा एककाे मृत्यु प्रकाशित मिति: १० फाल्गुन २०७९, बुधबार ०९:५९

 

कल्पना खरेल, सुनवल । गएराती अन्दाजी ८:३५ बजे पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १ निलाेगेटमा भएकाे सवारी दुर्घटनामा १ जनाकाे मृत्यु भएकाे छ ।

साे ठाउँ स्थित सुनवल-परासी भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको लु ५ प ९६७ न को मोटरसाईकल आफै अनियन्त्रित भई गेटमा ठक्कर खादा मोटरसाईकल चालक जिल्ला नवलपरासी रामग्राम न.पा. १४ रेक्सहवा बस्ने बर्ष ३५ को प्रदिप यादवको टाउकोमा गम्भीर चोट लागेकाे थियाे ।

गम्भीर घाईते भएका यादवलाई भई उपचारको लागि जिल्ला अस्पताल परासी ल्याईएकाेमा उपचार हुन नसकी थप उपचारको लागि मेडिकल कलेज भैरहवा पठाएको थियाे ।

साेहिमेडिकल कलेज भैरहवामा उपचारको क्रममा गएराति ९:५५ बजे यादवकाे मृत्यु भएको प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।

उक्त स्थानमा प्रहरी निरीक्षक धर्मराज खत्रीको कमाण्डमा ट्राफिक सहित ७ जनाको टोली खटि थप अनुसन्धान कार्य भईरहेको समेत डिएसपी पाण्डेले बताउनुभयाे ।



Ads