ताजा अपडेटः

प्रथम सुन्दरबस्ती कप खुला नकआउटका फुटवल प्रतियाेगिता अन्तर्गत हिजोकाे जित विग बुद्व क्लब र सुनवल एफ.सी. क्लबलाई

कल्पना खरेल
प्रथम सुन्दरबस्ती कप खुला नकआउटका फुटवल प्रतियाेगिता अन्तर्गत हिजोकाे जित विग बुद्व क्लब र सुनवल एफ.सी. क्लबलाई प्रकाशित मिति: १० फाल्गुन २०७९, बुधबार ०६:५२

कल्पना खरेल,सुनवल  । प्रथम सुन्दरबस्ती कप खुला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत हिजाेकाे खेलमा विग बुद्व क्लब र सुनवल एफ.सी.विजयी भएका छन् ।

निकैनै राेचक र कडा प्रतिस्पर्धा भएकाे पहिलाे खेलमा खेल अवधिभर दुवै टिमले कुनै पनि गाेल गर्न नसकेपछि पेनाल्टी सुटआउटमा  नविफ टाेललाई हराउदै विग बुद्व क्लब विजयी भएकाे हाे ।


त्यसैगरी दाेस्राे खेलमा सम्झना यूवा क्लबलाई लाई  १ का  विरूद्व ३ गाेल गर्दै सुनवल एफ.सी. विजयी भएकाे हाे ।

आजकाे पहिलाे खेलमा विग बुद्व यूवा क्लबका जर्सि नम्बर जर्सि ९ का खेलाडि खुम बहादुर खाम्चा म्यान अफ द म्याच घाेषित भएका छन् भने दाेस्राे तथा अन्तिम  सुनवल एफ.सी.का  जर्सि नम्बर १० का खेलाडी एलिस मगर  म्यान अफ द म्याच घाेषित भएका थिए ।

फाल्गुन १६ गते सम्म संचालीत उक्त प्रथम सुन्दरबस्ती खुल नकआउट फुटवल प्रतियोगिताकाे नवलपरासी खवरले निरन्तर प्रत्येक्ष प्रसारण गर्नेछ ।




Ads