ताजा अपडेटः

आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् सुनवलकाे सधारणसभा तथा अधिवेसन सम्पन्न

आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् सुनवलकाे सधारणसभा तथा अधिवेसन सम्पन्न प्रकाशित मिति: ९ फाल्गुन २०७९, मंगलवार २१:५९

 

कल्पना खरेल, सुनवल । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् सुनवल नवलपरासीको छैठौ वार्षिक साधारणसभा तथा दोस्रो अधिवेसन आज सम्पन्न भएको छ ।

नगर समन्वय परिषद्का अध्यक्ष देवबहादुर गुरुङ्गको अध्यक्षता तथा नेपाल मगर संघ केन्द्रिय सहअध्यक्ष एवं नेपाल आदिवासी जनजाति महासंघ लुम्विनी प्रदेशका सल्लाहकार दल बहादुर विरकट्टा मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि विरकट्टा  मगरले राज्यको हरेक क्षेत्रमा आदिवासी जनजातिहरुको पनि समान प्रतिनिधित्व हुनुपर्ने बताउनुभयो ।

हरेक आन्दोलन देखि उपलब्धि सम्म जनजातिकाे याेगदान उल्लेखनीय रहेकाे टिप्पणी गर्दै राज्यले निर्णायक क्षेत्रबाट आफुहरुलाई बञ्चित गरिएको आराेप लगाउनुभयाे ।

कार्यक्रममा महासंघका जिल्ला अध्यक्ष तारा राना, तमु ह्युला छोजधिका केन्द्रिय सल्लाहकार ठाकुर जंग गुरुङ, निर्वतमान जिल्ला सचिव एवम् सुनवल वडा नं १ का वडाध्यक्ष मानबहादुर थापा मगर, नेपाल तामाङ घेदुङका दोर्जे तामाङ, नेवा दे दवुका जिल्ला सल्लाहाकार काजीमान श्रेष्ठ, सुनवल नगरपालिका वडा नं ३ का वडाध्यक्ष पविन गुरुङ, उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य, पुर्व नगर अध्यक्ष वल बहादुर थापा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

वक्ताहरूले आदिवासी जनजातिहरुको भाषा,कला र संस्कृतिको संरक्षण र विस्तारका लागि जनजातिहरू नै एकबतद्व हुनुपर्नेमा जोड दिएका थिए ।

महासंघका कोषाध्यक्ष हेमबहादुर थापा मगरको स्वागत र उपाध्यक्ष निर्मला शारु मगरकाेसंचालन रहेकाे कार्यक्रममा नगर भित्रका विभिन्न आदिवासी जनजातिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

 



Ads