ताजा अपडेटः

सुनवल लाेटर्स इङ्लिस सेकेण्डरी स्कुलकाे आजबाट सप्ताहब्यापी खेल कार्यक्रम शुरू

सुनवल लाेटर्स इङ्लिस सेकेण्डरी स्कुलकाे आजबाट सप्ताहब्यापी खेल कार्यक्रम शुरू प्रकाशित मिति: ९ फाल्गुन २०७९, मंगलवार २१:१७

 

कल्पना खरेल,सुनवल । सुनवल-४ बनाहा स्थित सुनवल लाेटर्स इङ्लिस सेकेण्डरी स्कुलले आजबाट ओैपचारीक रूपमा सप्ताहब्यापी खेल कार्यक्रम शुरू गरेकाे छ ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्जय कुमार श्रेष्ठको अध्यक्षता र पूर्व व्यवस्थापन समितिका अध्यक्ष दिपेश कर्माचार्यकाे प्रमुख आतिथ्यतामा साे ओैपचारीक कार्यक्रम शुरू भएकाे हाे ।


कार्यक्रममा बाेल्दै प्रमुख अतिथि कर्माचार्यले खेल सब्य र भव्य तरीकाले सम्पन्न गर्न आग्रह गर्दै मर्यादित,अनुशासित तवरबाट खेल खेल्न सम्पुर्ण विद्यार्थीलाई आग्रह गर्नुभयाे ।

विद्यालयकी मावि शिक्षिका सरिता घिमिरेको स्वागत मन्तव्य रहेकाे कार्यक्रमकाे संचालन विद्यालयकाे शैक्षिक संयाेजक राेशन श्रेष्ठले गर्नुभएकाे थियाे ।


त्यसैगरी विद्यालयका प्रिन्सिपल नरिश्वर शर्मा पाण्डेले कार्यक्रमकाे बारेमा प्रकाश पार्नुभएकाे थियाे । जहाँ संचालक समिति,विद्यालयका शिक्षक-शिक्षिका र विद्यार्थीहरूकाे उपस्थिति रहेकाे थियाे ।



Ads