ताजा अपडेटः

हरपुर मावि बिद्यालय व्यबस्थापन समितिको निर्वाचन सम्पन्न

हरपुर मावि बिद्यालय व्यबस्थापन समितिको निर्वाचन सम्पन्न प्रकाशित मिति: ८ फाल्गुन २०७९, सोमबार २१:२१

रंजीत शर्मा,परासी । श्री हरपुर माध्यामीक विद्यालय हरपुरको बिद्यालय व्यबस्थापन समितिको निर्वाचन आज शान्ति रुपमा सम्पन्न भएको छ। निर्वाचनबाट बिद्यालय व्यबस्थापन समितिको सदस्य पदमा जयराम हरिजन र कान्छा केवट विजयी भएका छन्।

हरपुर माध्यामीक विद्यालय हरपुरको बिद्यालय व्यबस्थापन समितिको २ सदस्य निर्वाचनको लागि ३ सय ४० जना मतदाता रहेको मध्य २१७ मत खसेको थियो।

सदस्य पदका लागि ४ जना उम्मेदवार रहेको मध्य मोबाइल चुनाव चिन्ह रहेका जयराम हरिजनले १४५ मत, कुर्सी चुनाव चिन्ह बोकेका कान्छा केवटले १३१ मत प्राप्त गरी विजयी हुनुभएकाे थियाे ।

त्यस्तै उहाँका प्रतिष्प्रर्धीका रूपमा रहनुभएका बस चुनाव चिन्ह बोकेका सञ्जय गुप्ताले ६४ र घडी चुनाव चिन्ह बोकेका वीरेन्द्र कहारले ६३ मत प्राप्त गर्नुभएकाे थियाे भने ७ मत बदर भएको थियो।

फाल्गुन १ गते सम्पन्न अभिभावक भेलाबाट सुन्धवती देवी गुप्ता,
फुलमती हरिजन निर्विरोध निर्वाचित हुनुभएकाे थियाे । बाकी दुई सदस्य सहमति जुट्न नसकेपछि आज बिद्यालयको प्राङ्गणमा निर्वाचन सम्पन्न गरिएको छ।



Ads