ताजा अपडेटः

प्रथम सुनवल नगरपलिका वडा न. ३ वडा कप जिल्ला स्तरिय कराते प्रतियोगिता -२०७९ सम्पन

प्रथम सुनवल नगरपलिका वडा न. ३ वडा कप जिल्ला स्तरिय कराते प्रतियोगिता -२०७९ सम्पन प्रकाशित मिति: ७ फाल्गुन २०७९, आईतवार २२:५०

 

कल्पना खरेल , सुनवल । सुनवल-३ किर्तिपुर -२ डोजोको आयोजनामा र सुनवल नगरपालिका वडा न . ३ को मुख्य प्रायाेजनमा फाल्गुन ६ गतेदेखि संचालन भएकाे २ दिने कराते प्रतियोगिता आज सम्पन्न भएकाे छ ।


उक्त डोजोकी प्रशिक्षक एवं डोजोकी अध्यक्ष कमला रानाको अध्यक्षता, सुनवल नगरपालिकाकी नगरप्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यथा साथै सुनवल नगरपालिका वडा न. ३ का वड अध्यक्ष पबिन गुरुङ र जिल्ला खेलकुद बिकास समिती एवं लुम्बिनी भलिबल संघ का उपाध्यक्ष रमेश कर्मचार्यको बिशिस्ट आतिथ्यतामा उक्त प्रतियोगिता सम्पन्न भएकाे हाे ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथी विमलाअर्यालले जिल्ला स्तरिय कराते प्रतियोगितामा अहम भुमिका खेल्ने वडा र वडा अध्यक्षलाई बिशेष धन्यवाद दिदै कराते खेललाई आफु र नगरपालिकाले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।


प्रतियोगितामा प्रशासकीय अधिकृत भक्तिराम मरासिनी , कार्यपालिका सदस्यहरु , विभिन्न वडाका वडा अध्यक्षहरु , पुर्व वडा अध्यक्षहरु एवं विभिन्न संघ सस्थका व्यक्तित्वहरुको उपस्थिति रहेकाे थियाे ।


समापन कार्यक्रममा खेलाडिहरुलाई मेडल र प्रमाणपत्र वितरण, सम्पुर्ण सहयोगी दाताहरुलाई सम्मान पत्र वितरण साथै सम्पुर्ण रेफ्रीज्युलाई मायाको चिनो र सम्मान पत्र वितरण गरिएको थियो।
हिजो र आज सन्चालन भएको उक्त खेलमा १० गोल्ड, ४ सिलिभर र ५ ब्रोन्ज सहित बनाहा डोजो टिम प्रथम , ८ गोल्ड, १० सिलिभर र १० ब्रोन्ज सहित किर्तिपुर डोजो टिम द्वितीय भएकाे छ भने ५ गोल्ड, ५ सिलिभर र ६ ब्रोन्ज सहित बन्कट्टि . एस.के. एफ डोजो टिम तिर्तिय भएको छ।


करिव १६ वडा डोजोको सहभागिता रहेको उक्त प्रतियोगितामा ५० गोल्ड मेडल, ५० सिलिभर र १०० भन्दा बढी ब्रोन्ज मेडल वितरण गरिएको थियो।

आयोजक समिती सदस्य राम कुमार बि.ककाे स्वागत र डोजोका सचिब रोशन श्रेष्ठकाे संचालन रहेकाे कार्यक्रममा वडा न. ३ का वडा अध्यक्ष पबिन गुरुङ र जिल्ला खेलकुद बिकास समिती एवं लुम्बिनी भलिबल संघ का उपाध्यक्ष रमेश कर्मचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।

 



Ads