ताजा अपडेटः

प्रथम सुन्दरबस्ती कप खुला नकआउटका फुटवल प्रतियाेगिता अन्तर्गत आजकाे जित सुनवल-१० एफ. सि, जनज्योति यूवा क्लव र  आई एम पाेख्रेली ढुङ्गा सप्लायर्सलाई

प्रथम सुन्दरबस्ती कप खुला नकआउटका फुटवल प्रतियाेगिता अन्तर्गत आजकाे जित सुनवल-१० एफ. सि, जनज्योति यूवा क्लव र  आई एम पाेख्रेली ढुङ्गा सप्लायर्सलाई प्रकाशित मिति: ७ फाल्गुन २०७९, आईतवार २२:१८

कल्पना खरेल,सुनवल । प्रथम सुन्दरबस्ती कप खुला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत  आजकाे खेलमा  सुनवल-१० एफ. सि, जनज्योति यूवा क्लव र  आई एम पाेख्रेली ढुङ्गा सप्लायर्स विजयी भएका छन् ।


निकैनै राेचक र प्रतिस्पर्धात्मक भएकाे आजकाे पहिलाे खेलमा भेट्रान्स एफ.सि  पेनाल्टी सुटआउटमा सुनवफ-१० एफ.सि विजयी भएकाे हाे ।


त्यसैगरी आजै भएकाे दाेस्राे खेलमा प्रगति  यूवा क्लव रानीपाकडलाई शुन्यका विरूद्व १ गाेल गर्दै जनज्योति यूवा क्लब  विजयी भएकाे हाे । भने आजै भएकाे तेस्राे खेलमा याेङ्ग यूनिटिलाई शून्यका विरूद्व ३ गाेल गर्दै आइ एम पाेख्रेली ढुङ्गा  सप्लायर्स विजयी भएकाे हाे ।


आजकाे पहिलाे खेलमा सुनवल-१० एफ.सिका गाेल रक्षक जर्सि नम्रू १ का दिपक पुन  म्यान अफ द म्याच घाेषित भएका थिए । भने दाेस्राे खेलमा जनज्योति यूवा क्लबका जर्सि नम्बर ८ का माैशम गुरूङ म्याम म्यान अफ द म्याच घाेषित भएका थिए ।


त्यसैगरी आजै भएकाे तेस्राे खेलमा आइ एम पाेख्रेली ढुङ्गा सप्लायर्सका जर्सि नम्बर ३ का खेलाडी राेशन गुरूङ म्यान अफ द म्याच घाेषित भएका छन् ।


फाल्गुन १६ गते सम्म संचालीत उक्त प्रथम सुन्दरबस्ती खुल नकआउट फुटवल प्रतियोगिताकाे नवलपरासी खवरले निरन्तर प्रत्येक्ष प्रसारण गर्नेछ ।



Ads