ताजा अपडेटः

राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन नगर कमिटी सुनवलकाे प्रथम अधिबेशन सम्पन्न

राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन नगर कमिटी सुनवलकाे प्रथम अधिबेशन सम्पन्न प्रकाशित मिति: ६ फाल्गुन २०७९, शनिबार २१:४४

कल्पना खरेल, सुनवल । राष्ट्रिय भुत पुर्व सैनिक तथा प्रहरी संगठन नगर कमिटी  सुनवलको आयोजनामा सुनवल वडा नम्बर १ मा प्रथम अधिबेशन सम्पन्न भएको छ ।

उक्त  अधिबेशनले अम्बिका थापाको अध्यक्षतामा १५ सदस्यीय राष्ट्रिय भुतपुर्व सैनिक प्रहरी संगठन वडा कमिति गठन गरेकाे छ ।

जसको उपाध्यक्षमा गणेश थापा, सचिवमा गौरी देवि राना,  उप सचिवमा पुजा थापा, कोषाध्यक्षमा नैना देवी शर्मा र सदस्यहरुमा क्रमशः शान्ति जि.सी,  गुप्त बहादुर थापा, तेलामाया गुरुङ्ग,
भबिन्द्र थापा, उर्मिला राना, धन बहादुर गुरुङ्ग,  सिता सापकाेटा, निरमाया घर्ती, तिल बहादुर सुनार, देउरुपा थापा लगाएत चयन हुनु भएको छ ।

त्यसैगरी टिका बहादुर थापाको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति गठन भएको राष्ट्रिय  भुतपुर्व सैनिक तथा प्रहरी संगठन लुम्बिनी प्रदेश सचिवालय सदस्य मन बहादुर थापा मगरले जानकारी दिनुभएकाे छ ।


प्रथम वडा अधिबेशनमा भुतपुर्व सैनिक तथा प्रहरी संगठन नगर कमिटिका उपाध्यक्ष पदम बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रमलाई सम्बाेधन गर्दै  भुतपुर्व सैनिक तथा प्रहरी संगठन लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि  मन बहादुर थापा मगरले नवनिर्वाचित कमिटीलाई शुभकामना व्यक्त गर्दै भुतपुर्व सैनिकहरु सबै एकताबद्ध भएर अघि वढ्नु पर्ने तर्क राख्नुभयाे ।

साे कार्यक्रमको संचालन नगर कमिटीका उप सचिब सीमा थापाले गर्नु भएको थियो।