ताजा अपडेटः

आदिवासी जनजाती महासंघ नवलपरासीको तेस्रो बैठक बर्दघाटमा सम्पन्न

आदिवासी जनजाती महासंघ नवलपरासीको तेस्रो बैठक बर्दघाटमा सम्पन्न प्रकाशित मिति: ५ फाल्गुन २०७९, शुक्रबार २३:१४

 

 

कल्पना खरेल, सुनवल । लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल जिल्ला कमिटी नवलपरासीको तेस्रो बैठक बर्दघाट ४ चिसापानीमा सम्पन्न भएको छ ।

महासंघका जिल्ला अध्यक्ष गोपाल सिंह आले मगरको अध्यक्षता तथा महासंघका केन्द्रीय सदस्य एबम जिल्ला इन्चार्ज सुबोध जागृत बुढाथोकीको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएकाे हाे ।

बैठकले जिल्ला भित्र रहेका सबै गाउँपालिका र नगरपालिकामा आउदो चैत्र महिनाको १५ गते भित्र अधिबेशन सम्पन्न गरी संगठन निर्माण गर्ने निर्णय भएको छ!

 


जसमा सरावल गाँउपालिकाकाे अधिवेशन इन्चार्ज महासंघका सदस्य भेष नारायण चौधरीकाे नेतृत्वमा यहि फागुन २० गते गर्ने , बर्दघाट नगरपालिकाको अधिबेशन इन्चाज तेकबहादुर बुढाथोकीकाे नेतृत्वमा यहि फागुन २७ गते , रामग्रामको अधिबेशन इन्चार्ज लोक बहादुर चौधरीकाे नेतृत्वमा चैत्र ३ गते र सुनवलको अधिबेशन इन्चार्ज महासंघका उपाध्यक्ष मन बहादुर थापा मगरकाे नेतृत्वमा चैत्र ४ गते गर्ने निर्णय भएकाे संघका उपाध्यक्ष थापा मगरले बताउनु भयो ।

साथै माहासंघ केन्द्रीय कमिटीको महाअधिबेसनको निम्ति २ जना महिला र ३ जना पुरुष गरी ५ जना प्रतिनिधि पनि छनोट गरिएको छ!



Ads